
बलेवा समाज अमेरिका, न्युयोर्कको तेस्रो अधिवेशनबाट अध्यक्षमा शंकर पौडेल चयन
मकै हाउस मिडिया,
न्युयोर्क । बलेवा समाज अमेरिका, न्युयोर्कको तस्रो अधिवेशनबाट निर्बिरोधरुपमा शंकर पौडेल अध्यक्ष पदमा चयन भएको छ ।
आज सेप्टेम्बर १४,२०२५ आईतबारका दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा समाजको तेस्रो अधिवेशनले पौडेललाई निर्बिरोध अध्यक्ष पदमा चयन गरेको हो ।

प्रकाश अधिकारीको संयोजकत्वमा सम्पन्न अधिवेशनले अध्यक्ष पदमा शंकर पौडेल, बरिष्ठ उपाध्यक्ष रविन्द्र जिसी, उपाध्यक्ष हरी रोका, महासचिब सन्तोष शर्मा, सचिव कमल खत्री, कोषाध्यक्ष हरी पाठक, सह-कोषाध्यक्ष दिल सिंह जिसी, कार्यक्रम संयोजक संतोष क्षेत्री, युवा संयोजक अशोक खड्का, महिला संयोजक ईश्वरी सुवेदी खत्री र सदस्यहरुमा अनिल रोका, निराजन खड्का, मनु जिसी, शिव गौत्तम, महेश जिसी, भुपिन क्षेत्री, सबिन्द्र केसी र रामु शर्मा (सन्देश) चयन भएको हो ।

