Banner

क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा शान्ति जिरेल, एक्सेप्सनल लिडरशिप अवार्ड द्वारा रश्मी श्रेष्ठ सम्मान

 मकै हाउस मिडिया, 

न्युयोर्क । क्विन्स केटिएम लायन्स क्लब न्युयोर्कको औपचारिक कार्यक्रम सम्पन्न भएको छ,  अध्यक्षमा शान्ती जिरेल चयन गरिएको छ । भने रश्मी श्रेष्ठलाई Exceptional Leadership Award (असाधारण नेतृत्व पुरस्कार) द्वारा सम्मान गरिएको हो । 

गत सेप्टेम्बर १३, २०२५ शनिबार सॅाझ न्युयोर्कको क्विन्समा सम्पन्न क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कको लायन्स अफिसर्स इन्सटलेशन सेरेमोनीमा २०२५-२६ कार्यकालका लागि लायन शान्ति जिरेलको नेतृत्वमा तयार भएको क्लबका बिभिन्न पदमा रहेका सम्पुर्ण अफिसर्सहरुलाई डिस्ट्रिक्कबाट आएकी पुर्व डिस्ट्रिक गभर्नर लायन आन्द्रे डुमले सपथ ग्रहण गराई औपचारिकरुपमा कार्यभार सुम्पिएको हो । 

जिरेलको नेतृत्वमा गठित नयॅा कार्यसमितीमा प्रथम उपाध्यक्षमा लायन रुपा शाह, द्वितिय उपाध्यक्षमा लायन अरुणा तामांग, क्लब प्रशासकमा लायन आशा पाण्डे सचिब पदमा लायन निशा तामांग, कोषाध्यक्ष पदमा लायन निक्की गौचन, मेम्बरशिप चेयरमा लायन करुणा श्रेष्ठ, मार्केटिंग चेयरमा लायन भगवती कार्की, सर्भिस चेयरमा लायन देवी गौत्तम र क्लब डिरेक्टरमा लायन बिष्णु तामांग चयन भएको हो । भने यो बर्ष मात्रै ११ जना नयॅा सदस्य क्लबमा थपिएको छ । 

चार्टर्ड अध्यक्ष लायन रुद्र पुन र प्रथम उपाध्यक्ष लायन रुपा शाहको बिशेष पहलमा क्लबको तर्फबाट क्लबकी एक्टिभ सदस्य तथा एक कार्यकाल कोषाध्यक्ष र तिन कार्यकाल (२०२२-२३/२४/२५) अध्यक्षको रुपमा नेतृत्व र क्लबलाई प्रतिनिधित्व गर्दै डिस्ट्रिक्टमा जोन चेयरकोरुपमा सोवा गर्ने पहिलो लायन अफिसर पनि बनेकी  लायन रश्मी श्रेष्ठलाई Exceptional Leadership Award (असाधारण नेतृत्व पुरस्कार) द्वारा सम्मान गरेको हो । 

लायन रश्मीले नेतृत्व गरेको २०२२ देखी २०२५ सम्मका कार्यहरु :- 

मन, मष्तिष्क र असल सोचले लायन्स क्लव्स ईन्टरनेशनलको उदेश्य परिपुर्तिका निॅमित्त प्रत्येक बर्ष क्लबका बिशेष गतिबिधीहरुका साथै अन्य गतिबिधीहरु : 

१. रक्तदान कार्यक्रम, २. मधुमेह सचेतना कार्यक्रम,३. बाल्य अवस्थामा लाग्ने क्यान्सर सचेतना कार्यक्रम,४. सामुदायिक तथा पार्क सरसफाई कार्यक्रम, ५. भोकोलाई खाना खुवाउने कार्यक्रम, ६. तिज बिशेष कार्यक्रम, ७. देउसि भैलो कार्यक्रम, ८. बाल ट्यालेन्ट कार्यक्रम, ९. अॅाखा शिविर, १०. नेपालको सुदुर पश्चिम भागमा भुकम्प जादा २५ परिवारलाई ब्लांकेट बितरण, ११. नेपालको पुर्वी भाग ईटहरीका सरकारी बिधालयमा अध्ययनरत ५० जना बिधार्थीहरुलाई शैक्षिक सामग्री, खाधान्नको साथै स्कुल ब्याग बितरण, १२. कोरोना महामारीको चरम अवस्थामा पनी न्युयोर्क क्विन्स केन्द्रित रहि खाधान्न तथा स्वास्थ्य सामग्री बितरण कार्यक्रम । 

क्लबलाई नेतृत्व गर्दै समाजमा क्विन्स केटिएम लायन्स क्लवलाई परिचित गराउदै  क्लवलाई यो उचाई सम्म पुर्याउन महत्वपुर्ण भुमिका खेलेकी थिईन् । र क्लबबाट डिस्क्रिक्टमा जोन चेयरपदमा रहि दुई कार्यकाल सेवा गर्ने पहिलो नेतृ पनी हुन् लायन रश्मी, उनिले गरेको त्याग र समर्पणले उदाहरण प्रस्तुत गरेको कामको उच्च मुल्यांकन गर्दै क्लबले हौसला र सम्मान स्वरुप Exceptional Leadership Award (असाधारण नेतृत्व पुरस्कार) प्रदान गरेको हो । 

आफ्नो नेतृत्वकालमा दिलो ज्यान लगाएर आफ्नो कर्तब्य पुरा गरेकी कोषाध्यक्ष लायन अरुणा तामांग, सचिव लायन करुणा श्रेष्ठ र सम्पुर्ण क्सव अफिसर्सहरुलाई हृदय देखि नै धन्यवाद दिदै सम्पुर्ण अफिसर्सलाई एप्रिसिएयन प्रमाण – पत्र द्वारा सम्मान गरिएको थियो । 

उक्त कार्यक्रममा लायन रश्मी र  क्लब अफिसर्स संगै लामो समय देखि क्विन्स केटिएम लायन्स क्लबलाई बिभिन्न तवर र मिडिया मार्फत सहयोग पुर्याउदै उल्लेखनिय भुमिका खेलेको योगदानको कदर गर्दै लायन खडग पुलामी (बिक्की पुलामी) लाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा डिस्ट्रिक्टबाट पुर्व डिस्ट्रिक्ट गभर्नर डुम संगै रिजन चेयर लायन दिपक राज घिमिरे, जोन चेएर लायन केईथ, ब्लड ड्राईभ कमिटी चेयर तथा पुर्ब जोन चेएर लायन अर्जुन गौडेल, लायन कोल्लिन र क्विन्स बुद्ध लायन्स क्लबबाट क्लव निवर्तमान अध्यक्ष लायन चन्द्र नेपाली, चार्ट्ड अध्यक्ष कृष्ण आचार्य, क्लब सदस्य पार्वती सुनाम उपस्थिती भएका थिए । 

कार्यक्रममा क्विन्स केटिएम लायन्स क्लवका चार्टर्ड उपाध्यक्ष तथा पुर्व अध्यक्ष लायन अशोक कार्कीले आफ्नो कार्यकालमा गरेको कार्य र उपलब्धी बारे स्पष्ट पारेका थिए । भने प्रथम उपाध्यक्ष लायन रुपा शाहले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा अध्यक्ष लायन जिरेलले सम्पुर्णलाई बधाई र पाल्नु भएका सम्पुर्ण आगन्तुकलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो । 

 

Loading...