
सिन्धु-युएसए वेलफेयर सोसाईटिको १५ औ वार्षिकोत्सव र दिपावली सॅाझ एकै पटक हुदै
मकै हाउस मिडिया,
न्यूयोर्क, अमेरिका – Sindhu-USA Welfare Society Inc. द्वारा आयोजना गरिने “Deepawali Saajh 2025” आगामी अक्टोबर 18, शनिबार का दिन भव्य रूपमा मनाइने भएको छ। यस वर्षको कार्यक्रम संस्था स्थापना भएको १५औँ वार्षिकोत्सव (15th Anniversary Celebration of Sindhu) समेत एकैसाथ मनाइनेछ।
“Education for Life” भन्ने नारासहित आयोजना हुने यस कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, दीपावलीको झलमल, गीत–संगीत, नृत्य तथा समुदायबीचको भेटघाट हुने आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम Gulshan Terrace, 59-15 37th Ave, Woodside, NY 11377 मा साँझ ७:०० बजेबाट सुरु हुने बताइएको छ।
संस्थाले न्यूयोर्क र आसपास क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई यो सांस्कृतिक साँझमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।
थप जानकारीका लागि सम्पर्क नम्बरहरू:
+1 (929) 451-8475, +1 (212) 603-9248
+1 (347) 233-7555


