
शेर्पा संघ अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न, सामुदायिक भवन खरिदमा बिशेष जोड
मकै हाउस मिडिया,
न्युयोर्क । गत आईतबार अक्टोबर २६, २०२५ का दिन न्युयोर्कको क्विन्स स्थित बाजेको सेकुवा रेष्टुरेण्टको हलमा शेर्पा संघ अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शेर्पा संघ अमेरिकाको वार्षिक साधारण सभाको औपचारिक कार्यक्रममा शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङदोजी शेर्पा (एपी लामा)को अध्यक्षता र बौद्ध धर्मगुरु डा. युवा शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।

र त्यस्तै गरी विशेष अतिथिमा शेर्पा संघ अमेरिकाका सल्लाहकारहरू तथा संरक्षकहरू, विश्व शेर्पा सङ्घका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, शेर्पा संघ अमेरिकाको निवर्तमान अध्यक्ष आङ जाङबु शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका (फिप्ना) अध्यक्ष तोरणबहादुर गुरुङ,नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका (फिप्ना) सल्लाहकार आङ तेन्डी शेर्पा, एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष आङ छिरिङ शेर्पा, शेर्पा किदुग अध्यक्ष ई. तेम्बा शेर्पा, शेर्पा संघ, न्युयोर्क राज्य अध्यक्ष दावा कर्मा शेर्पा, न्युजर्सी राज्यका अध्यक्ष नोर्की शेर्पा,रोटरी क्लब अफ क्विन्सका अध्यक्ष कर्मा लामा शेर्पा, एनआरएनए एनसिसी अमेरिका, न्युयोर्क च्याप्टर अध्यक्ष दण्डपानी लामिछाने (बासु), गोर्खा समाज, न्युयोर्क अध्यक्ष ओम विश्वकर्मा, धादिङ नेपाली समाजका अध्यक्ष टक रुवाली, जमैका नेपाली समाजका अध्यक्ष पुष्कर खनाल, नेपाने क्लब अमेरिकाको अध्यक्ष छेवाङ लामा शेर्पा, दोलखा श्यामा शेर्पा समाज अमेरिकाकी अध्यक्ष मिना लामा शेर्पा, रामेछाप शेर्पा समाज अमेरिकाका महासचिव पेम्बा शेर्पा, एनआरएनए एनसिसि युएसए नर्थ इस्ट आरसी छिरिङ शेर्पा, सिन्धु वेल्फेर सोसाइटी अमेरिकाको उपाध्यक्ष लक्पा ठिलेन शेर्पा, लगायत विभिन्न संघसंस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रममा नव निर्वाचित एनआरएनए एनसीसी आरसीसी र नियोग च्याप्टर र एनसीसीका एनआरएन एनसीसीका सल्लाहकारलाई प्रमुख अतिथि बौद्ध धर्मगुरु डा. युला शेर्पा द्वारा खादा लगाई स्वागत गर्नुभएको थियो, शेर्पा संघ अध्यक्ष एपी लामाले कार्यकाल सफलताको शुभकामना साथै हर्दिक बधाई दिनु भएको थियो । सोही कार्यक्रममा शेर्पा संघका अध्यक्ष एपी लामाको संयोजकमा शेर्पा संघ अमेरिकाको आर्थिक संकलन तथा भवन खरिदको लागि १५ सदस्य समिति गठन समेत गरी सोही क्रममा संयोजक लामाले शेर्पा संघ अमेरिकाको आर्थिक संकलन तथा भवन खरिदको लागि १५ सदस्य मात्रै नभई जो कोही पनि यस शेर्पा समुदायका ऐतिहासिक आर्थिक संकलन तथा भवन खरिदको लागि इच्छुक जो कोही पनि समितिमा आउन सक्ने जानकारी दिनु भएको थियो ।

आर्थिक संकलन तथा भवन खरिदका कार्यसमितिहरूलाई शेर्पा संघ अमेरिकाको सल्लाहकार लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव आङ दावा शेर्पाले खादा लगाई दिनु भएको थिये भने प्रमुख अतिथि बौद्ध धर्मगुरु डा. युला शेर्पाबाट आर्थिक संकलन तथा भवन खरिदको कार्य चाँडै सम्पन्न होस् भनी पूजा गरी आशीर्वाद दिनुभएको थियो ।

आर्थिक संकलन तथा भवन खरिदका १५ सदस्य समिति लाई अध्यक्ष एपी लामाले बोल्नु भएको भवन खरिदका लागि रकम $५५५५.५५ डलर ५५ सेन्टका चेक प्रमुख अतिथिको रोहबरमा आर्थिक संकलन तथा भवन खरिद समितिको हातमा हस्तारण गर्नुभएको थियो ।

कार्यक्रममा शेर्पा संघ न्युजर्सीका अध्यक्ष नोर्की शेर्पाले $२५०० सहयोग, साथै गोर्खा समाजका अध्यक्ष ओम विश्वकर्मा ले $५०० भवन खरिदका लागि सहयोग गर्नु भएको थियो सोही क्रममा नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका फिप्नाको अध्यक्ष तोरण बहादुर गुरुङले पनि सहयोगका लगि प्रतिबद्धता जनाउनु भएको थियो । र एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने पनि च्याप्टरको तर्फबाट प्रयत्न गर्नेछौ भएन भने व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनउनु भएको थियो । शेर्पा संघ अमेरिकाको भवन खरिदका लागि सहयोग गर्नुहुने महानुभावहरूलाई आर्थिक संकलन तथा भवन खरिदका संयोजक एपी लामाले आर्थिक सहयोगको लागि मुरीमुरी धन्यवाद दिनुहुँदै यस भवन खरिद कार्यमा सम्पूर्ण शेर्पा समुदाय नेपाली समुदाय विश्वभरि छरिएका नेपाली समुदाय सम्पुर्णलाई सहयोगको लगि अपिल गर्नुको साथै, एक अर्कामा सहयोग आदान प्रदान गरी आपसी सम्बन्ध विस्तार गर्ने सुनौलो अवसर रहेको बताउनु भयो ।
काधमा काध, हातमा हात मिलाएर हामी अगाडि बढौँ। तपाईँलाई परेको बेला हामी, हामीलाई परेको बेला तपाईँ, भन्ने मूलनाराका साथ, समाजलाई अगाडि बढाउ, र हामीले समाजको एउटा भवन खरिद गरियो भने समाज रहन्छ समाज रहे हामी रहन्छ हामी रहे भाषा धर्म संस्कृति रहन्छ भाषा धर्म संस्कृति हाम्रो अस्तित्व सधैँ जीवित रहन्छ भन्ने भनाइ अध्यक्ष एपि लामाले ब्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।

शेर्पासंघको वार्षिक साधारण सभामा निमन्त्रणलाई स्वीकार गरी पाल्नुभएका प्रमुख अतिथि विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सल्लाहकारहरु, संरक्षकहरु, उपस्थित आमाबुवा दाजुभाई तथा दिदीबहिनी, कलाकार, पत्रकार लगायत कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुले कार्यक्रम सफलताका पूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु भएकोमा अध्यक्ष एपी लामाले विशेष धन्यवाद ब्यक्त गर्नु भएको थियो । शेर्पा संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष आङ छिरिङ शेर्पाले शुभकामना मन्तव्य र शेर्पा संघ अमेरिकाका महिला उपाध्यक्ष मिना शेर्पाले खादा लगाइ अतिथि संस्कार गर्नु भयो भने कार्यक्रम सञ्चालन संघका महासचिव छिरिङ शेर्पाले गर्नु भएको थियो ।


