Banner

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) को चौथो अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा पुनः इन्दिरा चोङबाङ

 

मकै हाउस मिडिया, न्युयोर्क

न्यूयोर्क। नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) को नयाँ नेतृत्वमा पुनः इन्दिराचोङबाङ निर्वाचित भएकी छन् । न्युयोर्क क्विन्स, ज्याक्सन हाइट्स स्थित नेपाली भान्छा घरमा हिजो भएको चौथो महाधिवेसनले चोङबाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिचयन गरेको हो । फिवनाको संस्थापक सदस्य समेत रहेकी चोङबाङ दोश्रो कार्यकालको लागिअध्यक्षमा चयन भएकी हुन् ।

भने  वरिष्ठ उपाध्यक्षमा इन्दुगुरुङ लामिछाने, उपाध्यक्षमा पूर्व डिआइजी पार्वती थापा मगर र महासचिवमा मैया तामाङ चुनिएकी छन् ।त्यस्तै सचिवमा इन्दिरा राई, कोषाध्यक्षमा डा. शुभद्रालिम्बु, सहकोषाध्यक्षमा आभा श्रेष्ठ, कार्य समिती सदस्यमा बिमला पोमो, मैनासेन बज्राचार्य, निमा शेर्पा, इन्दिरा घर्ति रहेका छन्। फिवनाले संस्थापक अध्यक्षसंगिनी रानामगरको संयोजकत्वमा सदस्यहरु पत्रकार मच्छे देवी गुरुङ, वन्दना राई र इन्दिरा घर्तिमगर रहेको ४ सदस्यीय निर्वाचन कमिटीलाई अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो। निर्वाचन कमिटीले सफलतापूर्वक नयाँकार्यसमिति चयन गरेको हो ।

प्रमूख अतिथिका रुपमा उपस्थित भएका नेपाली महावाणिज्यदुत दधीराम भण्डारीले पानसमा द्धिप प्रज्वलन गरी महाधिवेसनको उद्घाटन सत्रको उद्घाटन गरेका थिए 

। प्रमूख अतिथि नेपाली महावाणिज्यदुत दधीराम भण्डारीले परदेशको भुमिमा फिवनाले नेपाली समुदायको लागि समसामयिक बिषयहरुमा गरिरहेको काम देखेर खुशी लागेको बताए । नेपाली महिलाहरु अहिले चुलोचौकामा मात्र नभएर राजनीतिक चेतनामा बृद्धि हुनुका साथै महिलाको उपस्थिति उल्लेख्य रुपमा रहेको महावाणिज्यदुत भण्डारीको भनाई छ । नेपाली समुदायको चासो र कल्याणको लागि सहकार्य गरेर हातेमालो गर्न महावाणिज्यदुत सधै तत्पर रहेको महावाणिज्यदुत भण्डारीको भनाई छ । उद्घाटन सत्रको विशेषअतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण गुरुङले बिदेशमा रहेर पनि आदिवासी जनजाति र जनजाति महिलाहरुको लागि फिवनाले गरिरहेकोकामको प्रशंसा गर्दै यस्तो कामको निरन्तरता दिन सुझाव दिए। अध्यक्ष गुरुङले फिवनाले पाक्षिक रुपमा सञ्चालन गरिरहेको भच्र्युअल छलफल समुदायको लागि उपलब्धीमुलकरहेको उल्लेख गरे ।

संस्थाकी नवनिर्वाचित अध्यक्ष इन्दिरा चोङबाङलेआफुलाई विश्वास गरेर दोश्रो कार्यकालको लागिअध्यक्षमा निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिैंदैसंस्थालाई अझ बलियो बनाउनको लागि आफु सधैंलागि पर्ने बताइन् । संस्थाको स्थापनाकाल देखि नैमहिला दिदीबहिनीहरुको लागि संस्थाले गरिरहेकोमहिला शशक्तिकरणको लागि गरिरहेको कामलाईनिरन्तरता दिने अध्यक्ष चोङबाङको भनाई छ । अध्यक्षचोङबाङले पहिलो कार्यकाल सफल बनाउन सहयोग गर्नेसम्पूर्ण कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु तथा साधारण सदस्यहरुलाईधन्वाद व्यक्त गरे। नवनिर्वाचित अध्यक्ष चोङबाङल चौथोअधिवेसन सफलतापूर्वक सम्पन्न गरेको निर्वाचनकमिटीलाई धन्यवाद व्यक्त गरे ।

अधिवेसनको उद्घाटन सत्रको कार्यक्रम निवर्तमानमहासचिव इन्दु गुरुङ लामिछानेले सञ्चालन गरेका थिए। कार्यक्रममा उपस्थित सहभागीहरुलाई फिवनाकानिवर्तमान उपाध्यक्ष मैया तामाङले स्वागत मन्तव्यराखेका थिए। उद्घाटन सत्रमा विभिन्न संघ संस्थाकाप्रतिनिधीहरुका सहभागी थिए । 

बन्द सत्रमा संस्थाको आर्थिक प्रतिवेदन सहकोषाध्यक्षडा. सुभद्रा लिम्बले प्रस्तुत गरेका थिए भने सांगठनिकप्रतिवेदन महासचिव इन्दु गुरुङ लामिछानेले पेश गरेकाथिए । दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो। बन्द सत्रको सहजीकरण निर्वाचन कमिटीका सदस्यमच्छेदवी गुरुङले गरेका थिए । संस्थापक अध्यक्ष तथासल्लाहकार संगिनी रानामगरले संस्थालाई बलियोबनाउनका लागि सहयोग गर्ने सम्पूर्ण सदस्यहरुलाईधन्यवाद व्यक्त गरिन् । नवनिर्वाचित कार्यसमितिसदस्यहरुलाई निर्वाचन कमिटीले पद तथा गोपनियताकोसपथ ग्रहण गराइएको थियो । सल्लाहकार वन्दनाराईले सबै दिदी बहिनी महिलाहरु एकजुट भएरसंस्थालाई अझ बलियो बनाउन सुझाव दिइन् । 

नवनिर्वाचित अध्यक्ष चोङबाङले उपस्थित सम्पूर्णअतिथिहरु र सदस्यहरुलाई धन्यबाद तथा आभार ब्यक्तगर्दै सम्पूर्णले यसैरी साथ सहयोग गर्न आग्रह गरिन् । 

 

Loading...