
जर्सि सिटी काउन्सिल सदस्य ममता सिंह संग नेपाली समुदायको भेटघाट कार्यक्रम सम्पन्न
मकै हाउस मिडिया, जर्सिसिटी
जर्सिसिटी, न्युजर्सी । गत अक्टोबर १४, २०२५ आइतबारका दिन ग्रेटर जर्सि नेपाली समाजको पहलमा जर्सी सिटी नेपाली समुदाय र जर्सी सिटी काउन्सिल सदस्य ममता सिंह बिच भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
न्यूजर्सिको जर्सिसिटीमा बसोवास गर्ने नेपालीहरुको छाता संगठन ग्रेटर जर्सि नेपाली समाजको पहलमा समुदायका अगुवाहरु काउन्सिल सदस्य सिंह बिच बिशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । उक्त छलफल कार्यक्रममा काउन्सिल सदस्य सिंहले नेपाली समुदाय सँग हातेमालो गर्दै समुदायको समस्यालाई पहिचान गरी त्यस्को समाधान खोज्ने र नेपाली समुदाय संग हातेमाले गर्दै अगाडी बढ्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएकी थिईन् ।

