
रास्वपाले प्रकाश सपुत सहित ११० जनाको समानुपातिक उम्मेदवारहरुको सुचि बुझाएका छन् । (लिस्ट सहित)
मकै हाउस मिडिया,
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ११० जना उम्मेदवारको बन्द सूची सोमबार राति निर्वाचन आयोगमा बुझाएको छ। सूचीमा गायक प्रकाश सपुत र जेनजी फिल्म्सका आसिफ साहजस्ता चर्चित व्यक्तित्वहरू समावेश छन्।
रास्वपाले हालै एकताका लागि सहमति गरेको उज्यालो नेपाल पार्टीबाट आएका केही नामहरू पनि उक्त सूचीमा समेटिएको छ।
निर्वाचन आयोगका अनुसार आइतबार र सोमबार तोकिएको समयभित्र ६४ वटा दलले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन्। तीमध्ये ५४ दलले आफ्नै चुनाव चिह्नसहित सूची बुझाउँदा १० दलले चार फरक चुनाव चिह्न प्रयोग गरेका छन्।
आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४ हजार ४२४ जना उम्मेदवार कायम भएका छन्।





