
बरिष्ठ कानुनबिद खगेन्द्र जिसीसंग न्युयोर्कमा अध्यागमनसम्बन्धी अन्तरक्रिया कार्यक्रम हुँदै
मकै हाउस मिडिया,
न्युयोर्क—अध्यागमनसम्बन्धी विषयमा केन्द्रित रहेर बरिष्ठ कानुनविद् खगेन्द्र जिसीसँग अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्–अमेरिका, न्युयोर्क च्याप्टरको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।
कार्यक्रम शनिबार, जनवरी १०, २०२६ का दिन दिउँसो ३ बजे White Hall, 74-10 Broadway, दोस्रो तला, Elmhurst, NY 11373 मा आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा अमेरिकामा रहेका नेपाली समुदायलाई प्रत्यक्ष सरोकार राख्ने अध्यागमनसम्बन्धी कानुनी विषय, वर्तमान अवस्था तथा सम्भावित समाधानका बारेमा अन्तरक्रिया गरिनेछ।

आयोजकका अनुसार कार्यक्रम नेपाली समुदायका लागि जानकारीमूलक र उपयोगी हुने अपेक्षा गरिएको छ। न्युयोर्क तथा आसपास क्षेत्रका नेपालीहरूलाई कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरिएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि न्युयोर्क च्याप्टर अध्यक्ष वासु लामिछाने (571-799-5251) वा सचिव नागेन्द्र प्रसाई (929-728-6278) सँग सम्पर्क गर्न सकिने छ।

