Banner

श्री स्वस्थानी महोत्सव न्यूयोर्क–२०२६ को नवौँ दिन एकै पटक २६ परिवार बसे कर्ता

 

मकै हाउस मिडिया, 

न्यूयोर्क । न्यूयोर्कमा सञ्चालन भइरहेको “श्री स्वस्थानी महोत्सव–२०२६”को नवौँ दिन एकै पटक २६ परिवार कर्ता बस्दै धार्मिक आस्था, संस्कार र सामुदायिक एकताको सन्देश दिएका छन्।

नवौँ दिन कर्ता बस्ने परिवारहरूमा दर्शन ठकुरी समाज परिवार, मिलन के. शाही/गीता शाही परिवार, बालेवा समाज परिवार, शंकर पौडेल परिवार, प्रवेश गजुरेल/सृजना पोखरेल परिवार, प्रज्वल गजुरेल/निशा भारती परिवार, प्रदीप थापा/सुभद्रा थापा परिवार, प्राइम अमेरिका रियल इस्टेट परिवार, गोविन्द लामा परिवार, डा. सुक गुरुङ/मीरा गुरुङ परिवार, देव गुरुङ/केशु गुरुङ परिवार, दामोदर (दम्बार)/सीमा गुरुङ परिवार, खुमनाथ गौतम परिवार, गाम (गुल्मी समाज) आन्दोलन, अशोक ग्यावाली/जमुना ग्यावाली परिवार, राजेन्द्र गौतम/सरस्वती भण्डारी परिवार, सन्तोष अधिकारी/संगिता थापा परिवार, लक्ष्मण अर्याल/प्रतिभा केसी परिवार, विनोद अर्याल/लियाला लम्साल परिवार, सुनिता थापा/गोपाल थापा परिवार, कृष्ण पन्त/सुशीला पन्त परिवार, अपिल सापकोटा/अनु पन्त परिवार, क्वीन्स बुद्ध लायन्स क्लब परिवार, सोनु मल्ल परिवार तथा सतेन्द्र शाह/रुबी शाह परिवार रहेका छन्।

यसका अतिरिक्त मीना गुरुङ परिवार, अनिल बन्जाडे/कविता परिवार, दिव्या गुरुङ परिवार र रोशन सापकोटा परिवार रहेका छन् । सम्भवत स्वस्थानी महोत्सवकै ईतिहासमा पहिलो पटक हुन सक्छ एकै दिन एति धेरै परिवार एकै साथ कर्ता बसेको ।

कार्यक्रममा सहभागी परिवारहरूको उल्लेख्य सहभागिताले प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कार र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा नेपाली समुदायको प्रतिबद्धता झल्किएको आयोजक समितिले जनाएका छन् ।

जनवरी ३,२०२६ बाट न्यूयोर्कमा सञ्चालन भइरहेको “श्री स्वस्थानी महोत्सव–२०२६” फेव्रुवरी १, २०२६ सम्म चल्नेछ ।

 

Loading...