Banner

सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कको साधारण सभा सम्पन्न, अध्यक्षमा नविन कुमार ओझा चयन

 

मकै हाउस मिडिया,

न्यूयोर्क, अमेरिका — अमेरिकाको न्यूयोर्कमा क्रियाशील सुदूरपश्चिमेलीहरूको साझा संस्था सुदूरपश्चिम समाज अमेरिका, न्यूयोर्कको साधारण सभा सम्पन्न भएको छ। क्वीन्सस्थित Kathmandu Fusion Restaurant मा शनिबार, जनवरी ३१, २०२६ मा सम्पन्न सभाले आगामी दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

साधारण सभाबाट नविन कुमार ओझा अध्यक्षमा चयन हुनुभएको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा रैभान महरा, उपाध्यक्षमा सविन चन्द, महासचिवमा गणेश विष्ट, सचिवमा चक्रसिंह रावल, कोषाध्यक्षमा सुनी गुरुङ तथा सह–कोषाध्यक्षमा टेक साउँद चयन हुनुभएको छ।

कार्यसमितिका सदस्यहरूमा क्रमशः भरतसिंह खड्का, डम्बर खत्री, ललित चन्द, किसन चौहान, चन्द्रशेखर भट्ट, मनोज कुँबर, सविता वम र बलभद्र खडायत रहनुभएको छ।

साधारण सभाको निर्वाचन प्रक्रिया जिवन वम संयोजकत्वको निर्वाचन समितिले सम्पन्न गरेको थियो। समितिका सदस्यहरूमा उपेन्द्र भट्ट र गणेशप्रसाद ओझा रहनुभएको थियो।

नवनिर्वाचित कार्यसमितिले न्यूयोर्कमा रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच आपसी एकता, सहयोग र सामाजिक–सांस्कृतिक गतिविधिहरूलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

Loading...