Banner

यूटाह राज्यमा सवारी दुर्घटनामा परेका नेपाली विद्यार्थी सुसान्त कार्कीको अवस्था चिन्ताजनक

 

मकै हाउस मिडिया,

युटाह : अमेरिकाको यूटाह राज्यमा बसोबास गर्दै आएका नेपाली विद्यार्थी सुसान्त कार्की गम्भीर सवारी दुर्घटनामा परेका छन्। काठमाडौँको पेप्सीकोलाका स्थायी बासिन्दा कार्की गत फेब्रुअरी २, २०२६  सोमबारका दिन दिउँसो करिब ३:४५ बजे भएको दुर्घटनामा घाइते भएका हुन्।

प्राप्त जानकारी अनुसार यूटाह राज्यको साल्ट लेक सिटीस्थित I-15 Northbound, 3300 South Exit नजिक उनको सवारी दुर्घटनामा परेका हुन् । दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ हाल उनी गम्भीर (Critical Condition) अवस्थामा उपचाररत रहेका छन्।

दुर्घटनाको खबर पाए लगत्तै स्थानीय आपतकालीन सेवा, प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

 

Loading...