Banner

नेपाल डे परेड २०२६ को कन्भेनरमा एपी शेर्पा लामा चयन

मकै हाउस मिडिया,

न्युयोर्क । २०१६ देखी निरन्तर रुपमा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुदै आईरहेको नेपाल डे परेड २०२६ को कन्भेनरको रुपमा एपी शेर्पा लामा चयन भएका छन् । 

नेपाली कला, संस्कृति, रीतिरिवाज, परम्परा र पहिचानको प्रवासीभुमीमा स्थायित्वको निमित्त हुदै आईरहेको नेपाल डे परेड २०२६ को कन्भेनरको रुपमा शेर्पा संघ अमेरिकाका अध्यक्ष समेत रहेका एपी शेर्पा लामालाई परेडको पहिलो टाउनहॉल बैठकले चयन गरेको हो । 

टाउनहल बैठकमा यस बर्षको परेड डेका लागी २ जनाले कन्भेनरका दाबी गरेका थिए । सोही क्रममा १ घण्टाको लामो छलफल पश्चात कन्भेनरको दाबी गरेका अर्का कृष्ण आचार्यले आफुले यस्पाली एपी जीलाई सहयोग पुर्याउने भन्दै आफ्नो दाबी फिर्ता लिएपछी एपी शेर्पा लामा चयन भएको हो । 

नेपाल डे परेड २०२६ को कार्यकारी समितीको सम्पुर्ण बिवरण अर्को पोष्टमा ल्याउने छौ । 

 

Loading...