Banner

पेन्सिलभेनियाकी १५ बर्षिया सुस्रिष्तिका सिवाकोटी आफ्नै घरबाट बेपत्ता

 

मकै हाउस मिडिया, 

अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायलाई फेरि एकपटक चिन्तित बनाउने घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार १५ वर्षीया सुस्रिस्तिका सिवाकोटी गत फेब्रुअरी १८ तारिखका दिन आफ्नै घरबाट निस्केपछि सम्पर्कविहीन भएकी छन्।

प्रहरी विवरणअनुसार उनी पोन्सिलभेनिया, लेभेन्दा कोर्टको ४०० ब्लकस्थित निवासबाट बाहिरिएकी थिइन् र त्यसयता परिवार तथा आफन्तसँग सम्पर्कमा छैनन्। उनि ४ फिट ८ इन्च उचाई र तौल झण्डै १२० पाउण्ड रहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनी कन्सास सिटी, मिजुरी क्षेत्रतर्फ गएको हुनसक्ने आशंका गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, समुदायसँग सहयोगको अपिल गर्दै सुस्रिष्तिका सम्बन्धी कुनै पनि जानकारी भएमा 717-564-2550 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

पछिल्ला दिनहरूमा अमेरिकामा नेपाली परिवारसँग जोडिएका विभिन्न घटनाहरू सार्वजनिक भइरहेका सन्दर्भमा यस घटनाले पनि समुदायलाई झन् सचेत बनाएको छ। विशेषगरी किशोर–किशोरीहरूको सुरक्षामा अभिभावक, परिवार र समुदायले थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित निकायले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ भने नेपाली समुदायलाई अफवाहभन्दा टाढा रही सत्य सूचना आदान–प्रदान गर्न र कुनै पनि जानकारी भए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

 

Loading...