Banner

शेर्पा संघ अमेरिकाको न्युयोर्कमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 

मकै हाउस मिडिया, 

न्युयोर्क । शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३ औँ मे फो तलो ग्याल्पो लोसार (घोडा वर्ष) को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।


शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी लामा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो। नेपालका महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यतामा मिति २०२६ फेब्रुअरी २८, शनिबार, न्यूयोर्ककोमा आयोजना गरिएको थियो।


कार्यक्रममा बिषेश अथिति धर्म गुरु टुल्कु रिन्पोछे उर्गेन खम्बचे शेर्पा बाट लोसरको शुभा कर्यको मोन्लाम र प्रक्तिकको पुजा गर्नु भयो शेर्पा संघ अमेरिकाको सल्लाहकार ङवाङ फिन्जो शेर्पा, शेर्पा संघ अमेरिकाको संरक्षक पासाङ काजी शेर्पा, शेर्पा किदुग अमेरिकाको प्रवक्ता फरादेण्डी शेर्पा, शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई तेम्बा शेर्पा, ग्लोबल शेर्पा संघका महासचिव आङ जाङबु शेर्पा, एनआरएनए एन सि.सि को उपध्यक्ष आङ छिरिङ शेर्पा, एनआरएनएका छिरिङ शेर्पा, शेर्पा संघ अमेरिकाको सल्लाहकार तेण्डी शेर्पा, शेर्पा संघ अमेरिका सल्लाहकार पेम्बा ग्याल्जेन शेर्पा, नेपाली जनसम्पर्क समिति न्युयोर्कका अध्यक्ष दिनेश भण्डारी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बाशु लामिछाने, न्युयोर्क राज्यका डेमोक्रेटिक पार्टीका प्राईमरी संसदको उम्मेदवार सोमनाथ घिमिरे,नेपाल जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्ष पुराण लिम्बु शेर्पा संघ अमेरिकाको संरक्षक सदस्य डोल्मा शेर्पा, र शेर्पा संघ अमेरिकाको संरक्षक सदस्य मिङ्मार शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

शुभकामना आदानप्रदान कार्यक्रम शेर्पा संघ अमेरिकाका महासचिव छिरिङ टकतोक शेर्पाले सञ्चालन गर्नुभएको थियो।


कार्यक्रममा उपस्थित सम्पूर्ण‌‌ समुदयका महानुभावहरूको सक्रिय सहभागिताले लोसार पर्वको गरिमा अझ बढाएको आयोजकले जनाएको छ । 

 

 

 

Loading...