
भाल्भार्डेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित, म्यानचेस्टर सिटी ३–० ले पराजित
मकै हाउस मिडिया,
हिजो सम्पन्न UEFA Champions League अन्तर्गत राउण्ड अफ १६ को महत्वपूर्ण खेलमा रियल म्याड्रिडले म्यानचेस्टर सिटी माथि ३–० को सानदार जित निकालेको छ। खेलका नायक बनेका फेडेरिको भाल्भीर्डेले ह्याट्रिक गर्दै म्याड्रिडलाई शानदार विजय दिलाए।
म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलको सुरुवातदेखि नै घरेलु टोली आक्रामक देखिएको थियो। खेलको २३ औँ मिनेटमा भाल्भार्डेले बक्स बाहिरबाट प्रहार गरेको शक्तिशाली सट गोलमा परिणत गर्दै म्याड्रिडलाई १–० को अग्रता दिलाए।

पहिलो हाफमा सिटीले बराबरी गोलको अवसर खोजे पनि म्याड्रिडको बलियो डिफेन्स र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण सफल हुन सकेन।
दोस्रो हाफ सुरु भएको केही समयपछि नै म्याड्रिडले अग्रता दोब्बर बनायो। ६१ औँ मिनेटमा भाल्भार्डेले टिममेटको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट फिनिस गर्दै आफ्नो दोस्रो गोल गरे र टोलीलाई २–० ले अघि बढाए।
खेलको अन्त्यतिर सिटीले आक्रमण बढाए पनि त्यसलाई म्याड्रिडले राम्रोसँग रोकेर काउन्टर अट्याक गरिरह्यो। खेलको ७८ औँ मिनेटमा भाल्भार्डेले पुनः गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे र म्याड्रिडलाई ३–० को आरामदायी जित दिलाए।
यस जितसँगै रियल म्याड्रिडले च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने सम्भावना निकै बलियो बनाएको छ भने म्यानचेस्टर सिटी दबाबमा परेको छ।

