
ओहायोमा १३ वर्षीया नाबालिकालाई गर्भवती बनाएको आरोपमा रमेश राई पक्राऊ
मकै हाउस मिडिया,
ओहायो । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यस्थित रेनोल्ड्सबर्गमा ३२ वर्षीय रमेश राईमाथि एक १३ वर्षीया नाबालिकालाई गर्भवती बनाएको आरोपमा आपराधिक मुद्दा दायर गरिएको छ।
Franklin County Jail को अभिलेख अनुसार, राईलाई बुधबार एक नाबालिगसँग गैरकानुनी यौन सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको हो।
Franklin County Municipal Court का अनुसार, Reynoldsburg Police Department ले Franklin County Children’s Services बाट प्राप्त सूचनाको आधारमा उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान अनुसार, मे २०२५ देखि नोभेम्बर २०२५ बीच ती अपराधहरू भएको बताइएको छ।
अनुसन्धानको क्रममा प्रहरीले पीडित किशोरीको फोनमा राईले पठाएका यौन सन्देशहरू फेला पारेका थिए। ती सन्देशहरूमा किशोरीका फोटो तथा भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको उल्लेख छ।
राईलाई बिहीबार अदालतमा पेश गरिएको थियो, जहाँ उनको धरौटी रकम ५ लाख डलर तोकिएको छ। उनको प्रारम्भिक सुनुवाइ अप्रिल १७ मा हुने तय गरिएको छ।

