Banner

खेलकुद बिज्ञ डा. दिपेन्द्र पराजुली र बरिष्ठ कराते प्रशिक्षकहरु बिच न्युयोर्कमा भेटघाट सम्पन्न

 

मकै हाउस सामुदायिक मिडिया, न्युयोर्क

न्युयोर्क । अमेरिका बिशेष शैक्षिक भ्रमणमा रहनुभएका खेलकुद बिज्ञ तथा निर्देशक- विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, त्रिभुवन विश्वविद्यालय डा. दिपेन्द्र पराजुली संग कराते गुरु जनक खड्काको नेतृत्वमा न्युयोर्कमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

हिजो अगस्त १३,२०२६ बिहिबार सॅाझ न्युयोर्कको क्विन्स स्थित काष्ठमण्डप रेष्टुरेण्ट एण्ड बारमा डा. पराजुली संगको भेटघाटको क्रममा कराते खेलका हस्तीद्वय बरिष्ठ कराते प्रशिक्षक सिंह बहादुर राना, यशियन ब्रन्ज मेडलिष्ट सम्मर बहादुर गोले, बरिष्ठ कराते प्रशिक्षक शान्त बहादुर थोकर, कराते प्रशिक्षक बिर बहादुर कुंवर र भेटघाट कार्यक्रमको नेतृत्व गर्नु भएका कराते प्रशिक्षक तथा च्याम्पियन मार्सल आर्ट्स क्लबका महासचिब तथा प्रशिक्षक जनक खड्का र कराते खेलाडी तथा मकै हाउस मिडियाका संस्थापक बिक्की पुलामीको उपस्थिती रहेको थियो । 

भेटघाट कार्यक्रममा खेलकुदका बिगत, बर्तमान र भविष्यबारे छलफल भएको थियो । भने बिशेष नेपालमा कराते खेलका जन्मदाता पिता थानेश्वर राईलाई सम्झेका थिए । 

खेलकुद बिज्ञ डा. पराजुलीको बारेमा :

पेशागत आबद्धता:
सामग्री वैज्ञानिक (Materials Scientist) तथा त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण र खेलकुद निर्देशनालयका निर्देशक (Director, Student Welfare and Sports Directorate)।
प्राज्ञिक तथा वैज्ञानिक उपलब्धिहरू:
  • स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियर (Stanford University & Elsevier) द्वारा सन् २०२५ र २०२६ मा विश्वका उत्कृष्ट २% वैज्ञानिकहरूको सूचीमा पर्न सफल।
  • मार्सल आर्ट्स (मार्शल आर्ट) सम्बन्धी १० भन्दा बढी पाठ्यपुस्तक तथा अनुसन्धानमूलक पुस्तकहरूका लेखक।
  • प्राथमिक तहदेखि पीएचडी (PhD) सम्मको कराते पाठ्यक्रम तयार पारेका।
मार्सल आर्ट्स खेलकुद क्षेत्रमा योगदान:
  • सितो-रियू कराते (Shito-Ryu Karate) मा ‘थर्ड डन’ (3rd Dan) ब्लाक बेल्ट प्राप्त।

Loading...