
“अब हास्छ अमेरिका” टोलि न्युयोर्कमा
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । “अब हास्छ अमेरिका” कार्यक्रमको लागी नेपालबाट ८ जना हास्यकलाकार न्युयोर्क आईपुगेको छ ।
“अब हास्छ अमेरिका” शिर्षक राखिएको ८ जनाको जम्बो हास्यकलाकार सहितको जम्बोटोलि समेटिएको अमेरिकाको ईतिहासमा सायद पहिलो हास्यकार्यक्रम हुनुपर्छ ।

फ्लाईनेपाको मुख्य संयोजकत्वमा संयुक्त राज्य अमेरिकाको १२ भन्दा बढि राज्यको बिभिन्न शहरमा “अब हास्छ अमेरिका” मार्फत अमेरिका हसाउने भएको हो ।
जनवरी २०२४ को पहिलो हप्ताबाट शुरु भई फेब्रुवरीको मध्य महिनासम्म चल्ने उक्त हास्यकार्यक्रमको लागि हिजो राति कतार एयरको बिमान मार्फत न्युयोर्कको क्विन्स स्थित जोहन एफ केन्नेडी एयरपोर्ट अवतरण भएको हो ।
हास्यटोलिमा हास्यअभिनेता तथा संचारकर्मी संदिप क्षेत्रीको साथै अन्य ७ हास्यकलाकारद्वय सुमन कार्की, संतोष थापा, कैलाश कार्की, बिष्णु गौडेल, भरतमणी पौडेल, सज्जन श्रेस्ठ र सुमन कोईराला न्युयोर्क आईपुगेको हो ।
