
नेप्लिज अमेरिकन नर्सेस् एसोसिएशन(नाना)को ११ औ वार्षिकोत्सवमा नर्सिंग गोष्ठी सम्पन्न
मकै हाउस टिभी एण्ड न्यूज़,
न्युयोर्क । नेप्लिज अमेरिकन नर्सेस् एसोशियसन (नाना)को ११ औ वार्षिकोत्सवमा नर्सिंग गोष्ठी सम्पन्न भएको छ ।
हिजो शनिवार जनवरी १३,२०२४ का दिन न्युयोर्कको क्विन्स, रिजवुड स्थित रिजवुड नेपाली समाज भबनको नेपाली मन्दिर हलमा नेपाली अमेरिकन नर्सहरुको छाता संगठन नेप्लिज अमेरिकन नर्सेस एसोसिएशन (नाना) ले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा नर्सिंग गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा अमेरिकामा नर्सिंग पेशा, भबिष्य, एस्को अवसर र चुनौतीबारे बिशेष शैक्षिक र जानकारीमुलक प्रस्तुतीहरु बिभिन्न बक्ताले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको औपचारिकता (संचालन) संस्थाकी कोषाध्यक्ष सनिता दास परियारले गरेको उक्त गोष्ठीको औपचारिक कार्यक्रमको स्वागत मन्तव्य तथा संस्थाको रूपरेखाबारे संस्थाकी अध्यक्ष डा. संगिता पुडासैनी काप्रीले राख्नु भएको थियो ।

गोष्ठीको सुरुवात अमेरिका र नेपालको राष्ट्रीय धुन बजाई उच्च सम्मानको साथ गरिएको थियो । कार्यक्रमलाई शैक्षिकको साथै मनोरंजनात्मक बनाउन नेपाली नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । गोष्ठीमा नानाले बिगतमा र हालसालै गरेका गतिविधि वारे संस्थाकी सचिव उर्मिला खड्काले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको २०२२-२३को आर्थिक आय-ब्यय बिवरणको साथै नयॉ आगमन सदस्यहरुको परिचय कार्यक्रमको संचालिकाको भूमिका समेत निभाईरहनु भएकी संस्थाकी कोषाध्यक्ष सनिताले प्रस्तुत गर्नु भएको थियो ।


गोष्ठीमा बिभिन्न क्षेत्रमा दक्ष तथा अनुभवी बिज्ञहरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने क्रममा “नयॉ पुस्ता एनक्लेक्स तथा क्लिनिकल निर्णय, उपकरण, सुझाव र स्रोतहरू” बिषयक प्रस्तुति रत्गर विश्वविद्यालयकी सहायक प्राध्यापक तथा डा. म्यारी उन्नेनबर्गले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गरि “स्वास्थ्य र तनाव कमी” बिषयक पेपर प्रस्तुती डा. एन्ना किमल्फेल्डले प्रस्तुत गर्नुभएको थियो । भने “नर्सिङमा उन्नत शैक्षिक अवसरहरू” बिषयक प्रस्तुति संस्थाकी संस्थापक अध्यक्ष तथा हालकी सल्लाहकार सुनिता भण्डारीले प्रस्तुत गर्नुभएको थियो भने अन्तिम पत्र प्रस्तुति “प्रमाणित दर्ता नर्स एनेस्थेटिस्ट” बिषयमा डिक्की छोदेनले प्रस्तुत गर्नु भएको थियो ।


गोष्ठीमा नानालाई बिभिन्न तवरबाट सहयोग पुर्याएका ब्यक्तित्वहरुलाई प्रशंसापत्र द्वारा सम्मान पनि गरिएको थियो । भने कार्यक्रमको बिसर्जन संस्थाकी उपाध्यक्ष निमा शेर्पाले गर्नुभएको थियो ।
