
“अब हास्छ न्युयोर्क”को अधिकांश टिकट बिक्री, के तपाईले हास्ने टिकट लिनुभयो ?
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । “अब हास्छ न्युयोर्क” एक ऐतिहासिक हास्य कन्सर्ट जस्को अधिकांश टिकट बिक्री भैसकेको छ ।
“अब हास्छ न्युयोर्क” सामाजिक अभियन्ताद्वय मनिता गुरुंग र बिनिता तामांगको संयुक्त आयोजनामा आगामी जनवरी १९,२०२४ शुक्रवार सॉझ ७ः०० बजेबाट मध्यरात सम्म चल्ने उक्त हास्य कन्सर्ट न्युयोर्कको क्विन्स, वुडसाईड स्थित टिबेटन कम्यूनिटी सेन्टरमा हुने छ । यस् प्रकारको कार्यक्रम न्युयोर्कमा पहिलो र भिन्न प्रकारको रहेकोले न्युयोर्कवासी नेपालीहरुको चासो निकै बढेको पनि पाईन्छ । यस् अनुरूप
कार्यक्रमको अधिकांस टिकट बिक्री भईसकेको अनुमान लगाउन सकिन्छ ।
कमेडी च्याम्पियन नामक हास्य रियालिटी शोबाट एकाएक चर्चामा आएका ७ जना हास्यकलाकारद्वय सुमन कार्की, संतोष थापा, कैलाश कार्की, बिष्णु गौडेल, भरतमणी पौडेल, सज्जन स्रेष्ठ, सुमन कोईराला र हास्य अभिनेता तथा संचारकर्मि संदीप क्षेत्रीले शुक्रवार सॉझ न्युयोर्क हास्यमय बनाउने भएको हो ।

टिकट लिनको लागी फ्लायरमा राखिएको बारकोड स्कयान गरि ख़रीद गर्न सक्नुहुनेछ ।
