
न्युयोर्कमा १ महिने श्रीस्वस्थानी ब्रतकथा सुरु

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कमा हिजोबाट १ महिने श्रीस्वस्थानी ब्रतकथा सुरु भएको छ ।
रिजवुड नेपाली सोसाईटीले न्युयोर्कको क्विन्स रिजवुड स्थित आफ्नै भवनको मन्दिरमा हिजो जनवरी २५,२०२४ बिहिवार सॅाझबाट १ महिना सम्म चल्ने श्रीस्वस्थानी ब्रतकथाको शुभारम्भ गरेका छन् । उक्त ब्रतकथा फेब्रुवरी २४,२०२४ प्रत्येक दिन सॅाझ ७ः३० बजे देखि ९ः३० बजे सम्म चल्नेछ ।

सोसाईटीले एक महिना सम्म चल्ने यस् श्रीस्वस्थानी ब्रतकथामा न्युयोर्कमा बसोवास गर्ने सम्पुर्ण भक्तजनहरूलाई उपस्थिती भई श्री स्वस्थानी ब्रतकथा आरम्भ पूजा, आरती भजन कीर्तनका साथै प्रसाद ग्रहणको लागि निमन्त्रणा समेत गर्नु भएको छ ।
