Banner

नेपाली फुटबल जगतका स्टार, पुर्ब अन्तराष्ट्रिय खेलाडी जुमानु राई अस्ट्रेलियाको एक क्लबमा मुख्य प्रशिक्षकमा नियुक्त

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । नेपाली फुटबल जगतमा निकै चर्चित नाम नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी जुमानु राईले आफ्नो राष्ट्रिय फुटबल टिम संगको सन्यासी जिबन संगै अस्ट्रेलियामा एक क्लबको कोचको जिम्मेबारी लिएका छन् । 

सर्लाहिको हरिवनमा जन्मिएका नेपाली फुटबल जगतमा गोली स्ट्राईकरको रुपमा परिचित छन् । फुटबलबाट सन्यास लिए पछि नेपाल प्रहरीमा सेवा गरेका राई  केही समय अघि अष्ट्रेलिया पुगे पछी त्यहाँ नयाँ जिम्मेवारी लिएका हुन् ।

अष्ट्रेलियामा स्थापित नेपाली समुदाय माझ चर्चित

 नेपालीहरुको फुटबल क्लब सगरमाथा फुटबल क्लबले आधिकारिक बिज्ञप्ती निकाल्दै स्टार जुमानु राईलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको जानकारी गराएका हुन् । 

क्लबमा जुमानुको आगमनसँगै क्लबलाई थप उचाईंमा पुर्याउन र सफलता हासिल गर्न अझै टेवा पुग्ने विश्वास समेत ब्यक्त गरेका छन् ।

जुमानु राई मुख्य प्रशिक्षक रहने क्लबमा नेपालका पुर्ब राष्ट्रिय फुटबल खेलाडीद्वय राजेन्द्र रावल, बिमल बस्नेत, सन्जोक राई जस्ता खेलाडी पनि आबद्ध छन् । 

Loading...