Banner

डा. लाल पुनसँग मगर संघ अमेरिकाद्वारा शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

 

मकै हाउस टिभी एण्ड न्युज, बिर घर्ती मगर 

न्यूयोर्क । मगर संघ अमेरिका,न्यूयोर्क च्याप्टरले डा.लाल बहादुर पुनमगर र नेपाली सेनाका लेफ्टिनेण्ट कर्णेल तारा थापा मगरलाई अमेरिकाको न्यूयोर्कमा स्वागत र सम्मान गर्दै भेटघाट तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेपालबाट अमेरिकाको भ्रमणमा आउनु भएका पुनले अन्तरक्रिया कार्यक्रममा मगर संघ अमेरिकाले विश्वका मगरहरूलाई बाँध्न नयाँ एजेण्डा बनाउन नेत्तृत्वदायी भुमिका हुने र मगर युवा पुस्ताहरू शिक्षा र व्यवसायीक क्षेत्रमा अघि बढ्न सके राम्रो भविश्यको सुनिश्चत हुने कुरा बताउनु भयो ।
नेपालबाट अमेरिका भ्रमणमा आउने जनजाति समुदायका तथा मगर विशिष्ट ब्यक्तित्वहरूलाई मगर संघ अमेरिकाले स्वागत,सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

सो कार्यक्रममा केन्द्रीय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, केन्द्रीय मगर संघ अमेरिकाका भुतपूर्व अध्यक्ष कुलदिप राना मगर, सल्लाहकार विष्णु राना मगर,मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगर लगाएत संस्थाका पदाधिकारीहरूले कार्यक्रममा स्वागत गर्दै मायाको चिनो तथा खादा लगाएर पुन र थापा मगरलाई सम्मान गर्नुभएको थियो ।

Loading...