Banner

फिप्नाले नेपालको प्रथम शहिद लखन थापा मगरको स्मृती दिवस मनाउदै छात्रबृती कोष कार्यक्रम घोषणा गरेको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाले नेपालको प्रथम शहिद लखन थापा मगरको स्मृति दिवस मनाएको छ, सोहि अवसरमा महासंघले लखन थापा मगर छात्रबृती कोष कार्यक्रमको पनि घोषणा गरेको छ । 

गत मार्च १०, २०२४ आईतबारको दिन न्युयोर्क, क्विन्स स्थित द तमु गुरुंग सोसाईटी अफ अमेरिकाको कार्यालयको हलमा नेपालको प्रथम शहिद लखन थापा मगरको १४७ औ स्मृती दिवस सम्पन्न गरेको छ । उक्त स्मृती दिवस कार्यक्रममा महासंघका सदस्य संस्थाहरुको प्रतिनिधी, महासंघका कार्यसमिती पदाधिकारीहरु र संचारकर्मीहरुको उपस्थितीमा महान शहिद थापा मगरलाई सम्झदै मौन धारण र सहभागीहरुले शहिद मगरको बारेमा आफुले जाने बुझे जती भाबहरु ब्यक्त गरेका थिए । 

सोहि अवसरमा फिप्नाले प्रथम शहिद लखन थापा मगर छात्रबृती कोष कार्यक्रमको पनि घोषणा गर्दै राउण्ड टेबल मार्फत सहभागी सम्पुर्णको धारणा पनि लिएका थिए । कार्यक्रमलाई औपचारिकता दिएका महासंघका महासचिब दिपक चौधरीले छात्रबृती कोषबारे सामान्य बिषय प्रस्तुत गर्दै यो छात्रबृती कार्यक्रम कसरी प्रभाबकारी ढंगबाट दिगो बनाउन सकिन्छ भन्ने बारे एक-एक गरी धारणा संकलन गरेका थिए । 

कार्यक्रमको सभापतित्व गरेका महासंघका अध्यक्ष तोरण गुरुंगले अन्त्यमा बोल्दै नेपालको प्रथम शहिद लखन थापा मगरको १४७ औ स्मृती दिवसको यस कार्यक्रममा पाल्नु भएका सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै छात्रबृती कार्यक्रमको बारेमा पनि आफ्नो धारणाहरु ब्यक्त गरी कार्यक्रम सफल बनाउन मद्दत गरेकोमा पनि धन्यबाद ब्यक्त गरेका थिए । र यो छात्रबृती कार्यक्रमको पहिलो अवस्था भएको र अन्य बिस्तृत छलफलको लागी अर्को भेला भई कोष कार्यक्रमलाई दिगो र प्रभाबकारीरुपमा स्थापित गर्ने योजनाबारे बताउदै कार्यक्रम समापनको घोषणा गरेका थिए । 

Loading...