Banner

नेपाली मुलका बिष्णु राना मगरको न्युयोर्क राज्यको डिस्ट्रिक्ट ३० बि, डेमोक्र्याटिक पार्टीको आधिकारिक डिष्ट्रिक्ट लिडरको उम्मेदवारी दर्ता

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । नेपाली मुलका बिष्णु राना मगरले न्युयोर्क राज्यको “एसेम्बली डिष्ट्रिक्ट-३० बि” बाट डिष्ट्रिक्ट लिडरको उम्मेदवारी दर्ता गरेको छ । 

नेपाल स्थायी घर नुवाकोटका बिष्णु राना मगर बिगत १६ बर्ष देखि न्युयोर्कलाई कर्मथलो बनाई सपरिवारै बस्दै आईरहेका छन् । न्युयोर्क आए देखि नै आफ्नो परिवारको हेरचाह संगै समाजमा पनि उत्तीकै उत्तरदायी बनी निरन्तर समाजको हितको लागी काम गर्दै आईरहेका राना मगरले यस् पटकको राज्यको चुनावमा न्युयोर्क राज्यको “एसेम्बली डिष्ट्रिक्ट-३० बि” बाट डिष्ट्रिक्ट लिडरको उम्मेदवारी दर्ता गराएका हुन् । 

बिगत लामो समय देखि गैर आवासिय नेपाली संघ अमेरिकाका अभियन्ताको रुपमा पनि सक्रिय राना मगरले न्युयोर्क समाजमा आई पर्ने हरेक समस्यामा साथ दिदै आईरहेका छन् । बिशेष गरी २०१९ को कोरोना कहरमा सक्रियरुपले समाजको सेवाको निमित्त अहोरात्र खटेका थिए । कहिल्यै पनि एवार्डको लोभ र आशा नगरेका राना मगरले प्रवासमा बसेर नेपाली राजनिती गरेर आफ्नो समय खेर फाल्नु भन्दा जुन ठाउमा बसोबास गरेका छौ त्यहीको राजनिती गर्दा नेपाली समाजको बिकासमा पनि महत्वपुर्ण भुमिका खेल्न सक्ने बिचार ब्यक्त गरेका थिए । 

 

 

Loading...