
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त चैते दशै मेला न्युयोर्कमा हुदै

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । बागलुङ सेवा समाज अमेरिका र बलेवा समाज अमेरिकाको संयुक्त आयोजनामा “चैते दशैँ मेला” हुन लागेको हो ।
आगामी ०४/१४/२०२४ आइतबारका दिन दुई समाजको संयुक्त आयोजनामा प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति -परम्परा र चाडपर्वहरुलाई बढावा दिने र आगामी सन्ततिहरुले पनि यस बारेमा बुझ्ने अवसर पाउन र भोलिका दिनमा उनीहरुले पनि यसको अनुशरण गर्दै हाम्रो मौलिक धर्म, संस्कार र चाडपर्वहरु मनाउदै जाने वातावरण बनोस् भन्ने उद्देश्यकालाई आत्मसात गर्दै न्युयोर्कको क्विन्स स्थित कोरोना पार्कमा “चैते दशैँ तथा नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम”को आयोजना गर्न लागिएको हो ।

बागलुङ सेवा समाज अमेरिकाका महासचिव कृष्ण सुवेदीले दिए जानकारी अनुसार उक्त मेलामा सांस्कृतिक कार्यक्रम , नौमती बाजा,लोक-दोहोरीको साथै मनोरंजनात्मक खेलहरु ठेलो, लठो तान्ने, घैँटो फुटाउने,म्युजिकल चियर र राफल चिट्ठा पनि हुने भएको हो ।
