
बलेवा समाज अमेरिकाले नाचगान गरी आत्मियता साट्दै होली पर्व न्युयोर्कमा भब्यताका साथ मनाएको छ ।

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । बलेवा समाज अमेरिकाले रङहरुको पर्व होली (फागु पुर्णिमा) कार्यक्रमको आयोजना गरि कार्यक्रम सभ्य र भब्यरुपमा सम्पन्न गरेको छ ।
हिजो मार्च २४, २०२४ आईतबारका दिन न्युयोर्कको ब्रूक्लिन स्थित हाइल्याण्ड पार्कमा बलेवा समाज अमेरिकाको आयोजनामा हिन्दुहरुको महान पर्व रङहरुको पर्व होली (फागु पुर्णिमा) कार्यक्रम सभ्य र भब्यरुपमा मनाएको छ ।बलेवा समाज अमेरिकाका अध्यक्ष प्रदिप खत्रीको सभापतित्वमा सुरुवात भएको कार्यक्रमको संचालन बलेवा समाज अमेरिकाका संरक्षक तथा बाग्लुंङ सेवा समाज अमेरिकाका महासचिब कृष्ण राज सुबेदीले गरेका थिए ।

होली फागु पुर्णिमाको सुरुवात कुमारी बालिका सुबु गौतमलाई समाजका अध्यक्ष प्रदिप खत्री, बाग्लुंग सेवा समाज अमेरिकाका अध्यक्ष सकस बहादुर घर्ति क्षेत्री र लुम्बिनी वल्डवाइड कन्सल्टटेन्सीका संचालक मनमोहन सिंहले संयुक्तरुपमा रंग लगाईदिएपछी सहभागी सबैलाई फागु स्वरुप रङको टिका लगाई कार्यक्रमको सुरुवात गरिएको र पछी सबैले एक आपसमा रङ लगाई होली पर्वलाई उत्सबमय ढंगबाट मनाइएको समाजका महासचिव प्रकाश अधिकारीले हामी मकैहाउस न्युज.कमलाई जानकारी दिएका हुन् ।
DJ LX को डिजे र पन्चेबाजा लगायत बिभिन्न नेपालि लोक संगीतले होली पर्व मनाउन आएका सबैलाई छमछम्ती नचाएका थिए । र साथमा लोक तथा दोहोरी गायिका संगिता थापा मगर र गायिका तथा नृत्यंगना बसन्ती राईले पनि आ-आफ्नो गित प्रस्तुत गर्दा उपस्थित सबैजना मज्जाले झुमेका थिए ।
उक्त कार्यक्रममा गित संगित, नाचगान र फागुको संगै राफल चिट्ठा पनि खेलाइएको थियो र राफल चिट्ठाका बिजेताहरु क्रमस प्रथम, दृत्तिय र तृतीएलाई आईप्याड, एप्पलको घडी र इएरफोन उपहार प्रदान गरिएको थियो । र साथै समाजले भर्खरै नवनिर्वाचित नेपाली अमेरिकन कलाकार संघका पदाधिकारीहरुलाई प्रमाण पत्रद्वारा सम्मान पनि गरेको थियो ।

कार्यक्रममा समाजले “Happy Holi” लेखिएको टि-शर्ट हरुको बितरणको साथै खाजा, खाना, रमाईलो पेय पदार्थ, बिभिन्न रमाईलो खेलहरुको साथै डिजेको गितले भरपुर मनोरंजन प्रदान गरेको थियो ।
समाज कार्यक्रम संयोजक सन्तोष क्षेत्री, उपाध्यक्ष रबीन्द्र जि.सी, सचिव गणेश हरिजन र समाजका युवा संयोजक अनिल रोकाले बिभिन्न कुराको बारेमा जानकारी गराउदै उपस्थित सम्पुर्ण नेपालीहरु, सहयोगदाता र स्वयंसेवकहरुळाई धन्यबाद ब्यक्त गरेका थिए ।
र साथै समाजले बाग्लुंग सेवा समाज संगको सहकार्यमा संयुक्तरुपमा आगामी April 14,2024 मा “चैते दशै मेला तथा नेपाली नया बर्ष २०८१ शुभकामना आदान-प्रदान कार्यक्रम” न्यूयोर्कको कोरोना पार्कमा आयोजन गर्न लागिएको कुरा पनि जानकारी गराएका थिए ।
