
अनेरास्ववियू नेपालकी अध्यक्ष आरती लामा संयुक्त राष्ट्र संघको कार्यक्रम संगै ३ हप्ते अमेरिका भ्रमण पछि आज नेपाल फर्कदै

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अनेरास्ववियू नेपालकी अध्यक्ष आरती लामा संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको भबनमा सम्पन्न commission on the status of women (CSW) को ६८ औं संस्करणमा सहभागी भई अमेरिकाको ३ हप्ते भ्रमण पश्ताच आज नेपाल फर्कन लागेको हो ।
बिधार्धी आन्दोलनमा बिगत २ दशक भन्दा लामों समय देखि संघर्षरत युवा नेतृ तथा अनेरास्ववियूकी अध्यक्ष आरती लामा न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको भबनमा सम्पन्न विश्वभरका प्रतिनिधिहरुको उपस्थितिमा लैंगिक समानता र महिला सशक्तीकरणसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गरी आज नेपाल फर्कन लागेको हो ।

३ हप्ते अमेरिकाको बसाईमा कत्ति पनी आफ्नो लागी समय छुट्याउन नसकेकी युवा नेतृ लामालाई भ्याई नभ्याई थियो । यस् बसाईको अबधीमा न्युयोर्क, ईलिनोई र म्यारिल्याण्ड राज्यमा रहेका बिभिन्न नेपाली सामुदायिक संस्थाहरुले आयोजना गरेको नारी दिवसको कार्यक्रम, स्वागत कार्यक्रम र भेटघाट कार्यक्रमले गर्दा निकै ब्यस्त बनाएको थियो ।
आज नेपाल फर्कदै गर्दा अध्यक्ष लामाले यो ३ हप्ते बसाई निकै फलदायी रहेको र धेरै कुरा सिकेको अनि प्रवासमा बस्ने नेपाली प्रती झनै धेरै सम्मान पलाएको जिकिर गर्नुभएको थियो ।
