
न्युयोर्क शहरमा भुईचालोको धक्का

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा भर्खरै भुईचालो गएको छ ।
आज अप्रिल ५, २०२४ शुक्रबार बिहान न्युयोर्क समय अनुसार १०:२३ बजे तिर ४.८ म्याग्निच्युटको भुईचालो गएको हो । न्युयोर्क शहरबाट ५० माईल पर न्युजर्सि राज्यको लेबाननलाई केन्द्रबिन्दु बनाएर उक्त भुकम्प गएको हो । उत्तरपूर्वी संयुक्त राज्य अमेरिकामा ४.८ म्याग्निच्युडको गएको भूकम्पले संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणका अनुसार न्युजर्सी र फिलाडेल्फिया देखि बोस्टनसम्म र म्यानहट्टनका भवनहरू र पाँचवटा बोरोहरूमा झट्का दिएको हो ।

न्युयोर्क प्रहरी बिभागका अनुसार, भुईचालोले उहि समयमा कुनै ठुलो धनजनको क्षति नपुर्याए पनी शहर भरी भुईचालोको साईरन भने बजाएको र उत्तरपुपर्बीमा पर्ने सम्पुर्ण एयरपोर्टहरुमा तत्काल अवतरणको लागी रोक संकेत दिएको थियो ।

न्युयोर्क शहरका मेयर एरिक एरिक एडम्सले बिहानै एक विज्ञप्ति जारी गर्दै भनेका छन् , न्यूयोर्क शहरमा अहिलेसम्म ठूलो क्षति र चोटपटकको कुनै रिपोर्ट आएको छैन । तर शहरले महत्वपूर्ण पूर्वाधारको निरीक्षण भने जारी राख्ने बताएका छन् ।
