Banner

‘अधिकार’ले आफ्नो कार्यालय न्युजर्सिमा पनि बिस्तार गरेको छ ।

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । ‘अधिकार’ले आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने क्रममा न्युजर्सी राज्यको जर्सिसिटीमा नयॅा कार्यालय स्थापना गरेको छ
गत अप्रिल ७,२०२४ आईतबारका दिन संयुक्त राज्य अमोरिकाको न्युयजर्सि राज्यको जर्सिसिटी स्थित ५९१ सम्मिट एभिन्यूमा अधिकारले आफ्नो शाखा बिस्तार गरेको हो ।
अधिकारकी कार्यकारी निर्देशक नर्बदा क्षेत्री र अन्य अधिकारकी पदाधिकारी र नेतृत्वगणहरुको उपस्थितीमा शाखा बिस्तारको उद्घाटन कार्य सम्पन्न भएको हो । उक्त शाखा बिस्तार कार्यक्रममा जर्सिसिटीमा बसोबास गर्ने नेपाली महिला दिदीबहिनीहरुको पनि उपस्थिती रहेको थियो ।


कार्यक्रममा बिशेष अतिथीकोरुपमा कामदार न्युनतम ज्याला बृद्धि र घरेलु कामदारहरुको अधिकारको बिल पास गराउन बिशेष योगदान दिएका सिनेटर राज मुखर्जी पनि उपस्थिती हुनुहुन्थ्यो । सिनेटर मुखर्जीले अधिकारको नयॅा शाखा बिस्तारको लागी बधाई तथा शुभकामना दिदै प्रोक्लेमेसन पनि प्रदान गर्नु भएको थियो ।
शाखा बिस्तार कार्यक्रमको उद्घाटन साना नानी बाबु र लामो समय देखि अधिकारलाई सहयोग पुर्याउदै आउनु भएकी शान्ता अधिकारी घिमीरे र निर्मला कुमालले संयुक्तरुपमा गर्नु भएको थियो ।
बिगत २००९ देखि जर्सिसिटीमा बसोबास गर्दै आउनुभएकी अधिकारको हरेक अभियानमा साथ दिदै आउनु भएकि शान्ता अधिकारी घिमिरे, गिता पोखरेल, दिपा उप्रेती सत्याल र निर्मला कुमालको बिशेष पहलमा न्युजर्सिको जर्सिसिटी स्थित घिमिरेको घरमा २०१७ मा अधिकारको तर्फबाट नम्रता प्रधान, रुकमणी भट्टराई र छिरिंग लामाको संयुक्त बैठकमा न्युजर्सिमा शाखा बिस्तार गर्ने पहल सुरु भएको र अहिले २०२४ मा आएर सफल भएको कुरा घिमिरेले जानकारी गराउनु भएको हो ।


अधिकारले सन् २००५ देखि न्युयोर्कमा कार्यालय स्थापना गरी संयुक्त राज्य अमेरिका बिशेष गरी न्युयोर्कमा बसोबास गर्ने नेपाली भाषीहरुको हक अधिकार र बिभिन्न किसिमका स्वरोजगार तालिमहरु दिदै आईरहेका छन् । राज्यको तहमा घरेलु कामदारहरुको अधिकारको बिल पास र टिपिएस अभियानमा बिशेष भुमिका खेल्दै आईरहेका छन् ।
न्युयोर्क पछि नेपालीहरुको बाक्लो बस्ति बस्दै गईरहेको अर्को ठाउ भनेको न्युजर्सि हो, जहा अहिले धेरैले घर किन्दै बसोबास गरिरहेका छन् ।

 

Loading...