
हीराल्डोसकाई शोबुकानकराते च्याम्पियनशिपमा आईएमए निहोन कराते डोजोलाई १७ पदक

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । हीराल्डोसकाई शोबुकानकराते च्याम्पियनशिपमा आईएमए निहोन कराते डोजोका खेलाडीहरुले बिभिन्न बिधामा १७ पदक जितेको छ ।
गत अप्रिल २८,२०२४ आईतबारका दिन न्यूयोर्कको क्वीन्स स्थित एल्मकोर सेंटरमा संपन्न २५औ हीराल्डोसकाई शोबुकानकराते च्याम्पियनशिपमा आईएमए निहोन कराते डोजोका १७ खेलाड़ीहरुले प्रतिपर्धा गरेका थिए । सहभागी खेलाड़ीले २ स्वर्ण ५ काश्य १० रजत गरि जम्मा १७ पदक जित्न सफल भएका हो । बिभिन्न उमेर समुहमा भाग लिएका खेलाडीहरु मध्य यूसेईओशिमाले व्यक्तिगत सीनियर एडवांस काता तर्फ़ स्वर्ण पदक जितेको हो भने नेल्जोरदोर्जीले जूनियर कातामा स्वर्ण जितेका छन ।
रितिशा गुरुंगले व्यक्तिगत कुमुते र कातामा क्रमश काश्य र रजत पदक , श्रृष्टि गिरी ले गर्ल्स क्याडेट एडवांस काता तर्फ़ काश्य पदक ,श्रीयश गिरीले व्यक्तिगत जूनियर एडवांस काता तर्फ़ काश्य पदक हासिल गरेका छन । पल्शी गुरमाचनले काता तथा कुमुते क्रमश काश्य र रजत पदक, मिनातो ओशिमाले काता र कुमुते गरि दुबै बिधामा काश्य पदक प्राप्त गरे भने अलान ईजेलोले व्यक्तिगत कुमुतेमा रजतपदक जितेका छन । हमलेट ईजेलो, मेथ्यू बुएस्टन , प्रकृति राना मगर र ईथन पेगरिडोले व्यक्तिगत काता तर्फ़ रजत पदक जित्न सफल भएका छन।

प्रतियोगितामा अमेरिकाको बिभिन्न राज्यहरुबाट २०० भन्दा बढ़ी खेलाडिहरुको सहभागिता रहेको थियो । भने प्रतियोगिता बिहान ९-६ बजे सम्म ५ वटा तातामीमां ३० भन्दा बढ़ी राष्ट्रीय तथा अंतर्राष्ट्रीय रेफ्रीहरुको जुरी समुहमा संपन्न गरेको थियो। उक्त प्रतियोगितामा रेफ्री तथा जजमा अन्तराष्ट्रीय रेफ्री शान्त थोकर र कोचमा समीर थोकर , मेलिन हुई र यूसेईओशिमा रहेको थियो।
