
हीराल्डोसकाई शोबुकान कराते प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्स क्लबलाई ३ उपाधी
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क ।२५ औ हीराल्डोसकाई शोबुकानकराते प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्स क्लब न्युयोर्कका खेलाडीहरुले बिभिन्न बिधामा ३ पदक जितेको छ ।

गत अप्रिल २८,२०२४ आईतबारका दिन न्यूयोर्कको क्वीन्स स्थित एल्मकोर सेंटरमा सम्पन्न २५औ हीराल्डोसकाई शोबुकान कराते प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्स क्लबका ३ खेलाडी ३ पदक जितेको छ ।

पदक जित्नेहरुमा १०-११ बर्षको पुरुष उमेर समुहमा कुमुते तर्फ यांग्तेन लामाले स्वर्ण पदक जितेको छ । भने १६-१७ बर्षको महिला उमेर समुहमा कुमुते तर्फ यांग्जुम लामाले रजत पदक र त्यस्तै गरि १४-१५ बर्षको महिला उमेर समुहबाट सोमिता लामाले कुमुते तर्फ रजत पदक गरी कुल ३ पदक जित्न सफल भएको हो क्लबले ।
