Banner

एटलान्टालाई हराउदै कोपा ईटालियाको उपाधी जुभेन्ट्सले उचालेको छ ।

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । कोपा ईटालियाको फाईनल खेलमा चिरपरिचित प्रतिद्वन्दी एटलान्टालाई हराउदै जुभेन्ट्सले उपाधी उचालेको छ । 

आज ईटालीको रोममा सम्पन्न कोपा ईटालियाको फाईनल खेलमा जुभेन्ट्स र एटलान्टा बिच भएको प्रतिष्पर्धात्मक खेलमा जुभेन्ट्सले एटलान्टा बिरुद्ध १-० को अग्रता निकाल्दै उपाधी जितेको हो । 

खेलको ४ औ मिनेटमा जुभेन्टेसको तर्फबाट काम्बियासोले दिएको पासलाई उत्कृष्ट फिनिशिंग गर्दै स्ट्राईकर भियाहोभिकले प्रहार गरेको बलले जाली चुमे पछि खेलमा जुभेन्ट्सले १-० को अग्रता लिएको थियो । स्ट्राईकर भियाभिकले गरेको गोलको जवाफी गोल खेलको अन्तिम समय सम्म पनि एटलान्टाले फर्काउन नसक्दा खेलमा जुभेन्टसले कोपा ईटालियाको उपाधी उचालेको हो । 

 

Loading...