
न्युयोर्कको ओजोन पार्कबाट एक बृद्ध दम्पत्ति बेपत्ता, छोराको खोजिदिन आग्रह
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कको क्विन्स स्थित ओजोन पार्कबाट आज बेलुकी ५ः०० बजे बाट एक बृद्ध दम्पत्ति बेपत्ता भएको हो ।
न्युयोर्कको क्विन्स स्थित ओजोन पार्कमा आफ्नै घर किनी बिगत १ दशक देखि बसोबास गर्दै आएका राजेश ढुंगेलको ७२ बर्षिय पुष्प हरी ढुंगेल नाम गरेको बुवा र ६२ बर्षिया मिश्रा देबी ढुंगेल नाम गरेको आमा आज दिउसो ५ः०० बजे तिर आफ्नै घर वरपर ईभनिंग वल्कको लागी निस्किनु भएको थियो । ईभनिंग वल्कबाट घर फर्कने क्रममा बाटो बिर्सिएर हराउनु भएको हो, हराईरहेका आमा, बुवा २ महिना पहिले मात्र नेपालबाट न्युयोर्कमा रहेका आफ्ना छोरा, बुहारी र नातीहरुलाई भेट्न आउनु भएको हो ।

ईभनिंग वल्कमा निस्किएका बुवा आमा सॅाझको १०ः०० बजी सक्दा पनि घर नफर्किएपछी नजिकको प्रहरी कार्यालय र अस्पतालमा पनि जानकारी गराईसकेको छोरा राजेशले मकै हाउस न्यूज.कमलाई जानकारी गराएका छन् ।
छोरा राजेशले सम्पुर्ण नेपाली संघ संस्थालाई पनि आफ्ना आमा बुवा खोजि कार्यमा सहयोगर पुर्याउन आग्रह समेत गरेका छन् ।
एदि तपाईहरुले यि बृद्ध आमा बुवालाई कतै देख्नु भयो वा फेला पार्नु भयो भने नजिकको प्रहरी चौकी वा ९११ वा छोरा राजेश ढुंगेलको मोबाईल नम्बर 3476535356 वा छिमेकी दिपक राज घिमिरे +1 (347) 536-1576 लाई सम्पर्क गरी सहयोग पुर्याउन सकिनेछ ।
