Banner

टाउन अफ हेम्पस्टीड नगर प्रमुख द्वारा वेद खरेल सम्मानित

 

मकै हाउस टिभी एण्ड न्यूज, टिका ढकाल

टाउन अफ हेम्पस्टीडको आयोजनामा हिजो मे ३१, २०२४ मा सम्पन्न भएको “Asian American Heritage Month Celebration” कार्यक्रम सभ्य र भव्य रूपमा सफल भएको छ। यो कार्यक्रम सुपरवाइजर महामहिम डा. डोनाल्ड क्लाभिन र सामुदायिक मामिला कार्यकारी निर्देशक जाहिद सैयदले आयोजना गरेका थिए। धेरै निर्वाचित अधिकारीहरू, टाउन अधिकारीहरू, विभिन्न देशका सामुदायिक नेताहरू, परिवारहरू र साथीहरू उत्सवमा सामेल भएका थिए।

टाउन अफ हेम्पस्टीडका प्रमुख डा. डोनाल्ड क्लाभिनले आफ्नो नगरलाई विभिन्न देशका नागरिकको कला, संस्कृति र परम्पराले सुसोभित बनाएको बताउँदै उपस्थित समुदायलाई भने, “हामी तपाईंको मजबुत राष्ट्रियता र पहिचानलाई सम्मान गर्छौं।”

सम्मानित अतिथिहरू:
न्यूयॉर्क राज्य सेनेटर स्टीव रोड्स,
हेम्पस्टीड टाउन क्लर्क केट मरे,
हेम्पस्टीड वरिष्ठ परिषद महिला डोरोथी एल. गूस्बी लगायत थिए। एशियन अमेरिकन हेरिटेज महिना उत्सवमा सबै देशको समावेशी र महान सहभागिता थियो। नेपालले दोस्रो पटक भारत, पाकिस्तान, चीन, बंगलादेश, फिलिपिन्स, कोरिया, र टर्की सहित सात अन्य देशहरूसँग एशियन अमेरिकन हेरिटेज महिना मनाएको छ।

हेरिटेज महिना टाउन अफ हेम्पस्टीडले विगत ३ वर्षदेखि मनाउँदै आएको भए पनि समाजसेवी वेद प्रसाद खरेलले गत वर्षदेखि नेपाली समाजलाई जोडेर नेपाल पनि सहभागी भएको हो। कार्यक्रममा नगर प्रमुखले नगरको तर्फबाट विभिन्न देशका सामुदायिक नेताहरूको सामाजिक योगदानको प्रशंसा गर्दै सम्मान गरेका थिए। नेपालबाट वेद प्रसाद खरेललाई सम्मान गरिएको थियो। नगरमा नेपाली प्रतिनिधिको रूपमा शंकर भण्डारी र रुपा भण्डारी रहेका छन्।

सम्पदा उत्सव कार्यक्रममा सहभागी विभिन्न देशका मौलिक परम्परा र संस्कृति झल्कने नाचगान नृत्य प्रस्तुत गरिएको थियो भने आ-आफ्नै देशका परिकारहरू पनि प्रस्तुत गरिएको थियो। हाम्रो तर्फबाट उल्लेखनीय सहभागिता भएको थियो। हामी समुदायका सबै दिदीबहिनीहरूको निरन्तर समर्थनका लागि धन्यवाद र प्रशंसा गर्न चाहन्छौं। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं, आयोजकमध्येकी लङ आईल्याण्डस्थित नेपाली समुदायकी नेत्री रुपा भण्डारीले भनिन्।

Screenshot

कार्यक्रममा शंकर भण्डारीले नेपाली मान र सान उचो राख्न समुदायका अगुवाहरूको निरन्तर व्यवस्थापकीय छलफल र सक्रियताले सहज भएको बताए। लङ आईल्याण्ड नेपाली समाजका पूर्व अध्यक्ष, सेन्ट्रल नासाउ नेप्लिज लायन्स क्लबका अध्यक्ष एवं आयोजकमध्येका एक टीका ढकालले नेपाली समुदायलाई यहाँको समाज र मूलधारमा जोड्ने हाम्रो प्रयास विस्तारै अगाडि बढेको बताए।

कार्यक्रममा लङ आईल्याण्ड नेपाली समाजका अध्यक्ष, पूर्व अध्यक्ष, लङ आईल्याण्डस्थित विभिन्न नेपाली संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू र नेपाली अमेरिकी समुदायको सक्रिय सहभागिता थियो।

 

Loading...