Banner

नेपाल र श्रीलङ्का बिचको खेल रद्ध, अंक बॅाडिदा नेपाललाई फाईदा

 

मकै हाउस टिभी एण्ड न्युज, सबिन चन्द ठकुरी

फ्लोरिडा ।  आइसीसी टि२० विश्वकप अन्तर्गत आज

नेपाल र श्रीलंकाबीचको खेल भारी वर्षाका कारण मैदान भिजेकोले रद्द भएको छ । खेल रद्ध हुदा दुवै टोलीले १-१ अंक बाँडेको छ । 

संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा अहिले ईस्टर्न समय अनुसार ७:३० बजे सॅाझ हुने भएको नेपाल र श्रीलंकाबीचको खेल बिहान देखि नै निरन्तर बर्षा भएको कारण रद्ध भएको हो । खेल सुरु हुन भन्दा अलि ढिलो हुदा बर्षा रोकिएको थियो । तर पनि बिहान देखिको झरिको कारण खेल मैदान भिजेको कारण खेल रद्द भएको हो । 

Screenshot

 

खेल रद्ध संगै नेपालले पहिलो १ खेल हार ब्यहोर्दा कुनै पनि अंक जोड्न सकेको थिएन भने, आज खेल्नुपर्ने दोस्रो खेल रद्ध भएपछि दुबै टोलीले १-१ अंक प्राप्त गरेको छ । भने उता श्रीलंकाले भने आज सहुत गरेर ३ खेलमा २ खेल हार ब्योहोरीसकेको र आज भाग्यले साथ नदिदा १ अंक सहित प्रतियोगिताबाट लगभग बाहिरिएको छ । आज नेपालले १ अंक जोड्दा झिनो आसा जगाएको छ । अब हुने नेपालको बंगलादेश र साउथ अफ्रिका संगको दुबै खेल जित्न सके सुपर ८ मा प्रवेश पाउने पक्का हुनेछ । 

 

 

Loading...