
आईसिसि टि-ट्वेन्टी बिश्व कपको उपाधी भारतलाई
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । आईसिसि टि-ट्वेन्टी बिश्व कपको उपाधी भारतले जितेको छ ।
ब्रिजटाउन, बार्बाडोस स्टेडियममा आज सम्पन्न भएको आईसिसि टि-ट्वेन्टी बिश्व कपको फाईल खेलमा साउथ अफ्रिकालाई ७ रनले हराउदै बिश्वकपको उपाधी दोस्रो पटक उचालेको हो ।

टस जितेर बलिंग रोजेको साउथ अफ्रिकालाई भारतले २० ओभरको खेल सकाउदा १७६ रन बनाउदै १७७ रनको चुनौती दिएको थियो । खेलको सुरुवातीमा राम्रो ब्याटिंग गर्दै साउथ अफ्रिका खेलको जित नजिक पुगेको थियो तर पछि भारतले सचेत हुदै खेलमा उत्कृष्ट बलिंग गर्न सफल रहदा साउथ अफ्रिकालाई २० ओभरको समाप्तीमा जम्मा १६९ रन मात्र जोड्न दिदा भारतले खेल ७ रनले जितेको हो ।