Banner

यूरो कपको क्वार्टर फ़ाइनल खेलमा आज स्पेन बिरुद्ध जर्मनी र पोर्चुगल बिरुद्ध फ्रान्स भिड्दै

 

मकै हाउस टिभी एण्ड न्यूज़,

न्युयोर्क । यूरो कप २०२४ को आज हुने २ क्वार्टर फ़ाइनल खेलमा स्पेन बिरुद्ध जर्मनी र पोर्चुगल बिरुद्ध फ़्रान्स भिड्दै छ । 

ईस्टर्न समय अनुसार आज दिनको १२:०० बजे यूरोपको ठुलो फुटबल प्रतियोगिता यूरो कप २०२४ मा आयोजक टिम जर्मनी र स्पेन भिड्दै छ । अहिलेको खेलको अवस्था हेर्दा सबै भन्दा बलियो टिमको रुपमा लिईएका २ ठुला बलिया टिम स्पेन र जर्मनी आज क्वार्टर फ़ाइनलमा आम्ने साम्ने हुदैछ । अहिलेको खेलको स्तर हेर्दा यि दुई टिमलाई फुटबल फ्यानहरुले फाईनलमा खेलेंको हेर्ने ईच्छा थियो । 

भने यता तिर अर्को २ बलिया टिम पोर्चुगल र फ़्रान्स पनि आजै ईस्टर्न समय अनुसार दिनको ३ः०० बजे भिड्दै छन् । 

यि दुबै टिमलाई भने आजको फाईनल खेल बराबर हुनेछ, आजको यों भिड़न्त निकै नै चाखलाग्दो हुनेछ । 

 

Loading...