
मिस नेपाल नर्थ अमेरिका २०२४को उपाधी अन्ना कोईरालालाई
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधी नर्थ क्यारोलिनाकी अन्ना कोईरालाले जितेकी छन् ।


ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कको आयोजनामा हिजो शनिबार सॅाझ न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२४ को नर्थ क्यारोलिनालाई प्रतिनिधित्व गरेकी अन्ना कोईरालाले १९ प्रतिष्पर्धीलाई पछी पार्दै ताज पहिरिएकि हुन् ।
अन्नाले ताज पहिरिदै गर्दा मेरिल्याण्डकी रुबी पौडेलले फर्स्ट रनर अप र टेक्ससकी आदि स्री रेग्मीले सेकेन्ड रनरअपको उपाधी जितेकी छन् ।

हिजो सम्पन्न सौन्दर्य प्रतियोगितामा नेपालबाट बाक्लोरुपमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थिती रहेको थियो ।

कलाकारहरुमा अभिनेता अनुप बिक्रम शाही, नायिका आचल शर्मा, नायिका बर्षा राउत, मिस नेपाल २०१० सदिक्षा श्रेस्ठ, मोडल तथा मिस कस्मोपोलिटन वर्ल्ड २०१९ प्रिया रानी लामा, मोडल सुवेक्षा खड्का, मिस युनिभर्स नेपाल २०२० आंशिका शर्मा, मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेस्ठ, मोडल उषा उप्रेती, मोडल तथा कार्यक्रम प्रस्तोता सगरिका श्रेस्ठ, मोडल तथा फिटनेस उधमी भावना कल्वानी र डा. उदिप श्रेस्ठ जजको रुपमा उपस्थिती भएका थिए ।
