
ममता काफ्ले १ हफ्ता देखि भर्जिनियाको मनाससबाट बेपत्ता, खोजि कार्यमा सहयोग पुर्याउन अपिल
मकै हाउस सामुदायिक मिडिया,
भर्जिनिया । २८ बर्षिया ममता काफ्ले १ हफ्ता देखि संयुक्त राज्य अमोरिकाको भर्जिनिया राज्यको मनाससबाट सम्पर्क बिहिन भएकी छन् ।
गत अगस्ट १, २०२४, बिहिबार बिहान ७ः०० बजे तिर काममा निस्कनु पर्ने मान्छे काममा पनि नपुगेको र सोहि समय देखि एक हफ्ता बितिसक्दा पनि सम्पर्कमा नआएपछी आज मनासस स्थित प्रहरी कार्यालयमा ममता काफ्ले हराएकी जानकारी गराएका छन् ।

नेपाल स्थायी घर पनौतीकी २८ बर्षिया ममता काफ्ले लगभग ४ बर्ष पहिले नरेश भट्ट संग बिबाह गरि अमेरिका आएकी हुन् । ११ महिनाकी छोरी समेत भएकी ममता सधै उबर मार्फत काममा आउने जाने गर्थिन ।
मनासस स्थित ईभिए पिन्स हस्पिटलमा रजिस्टर्ड नर्सको रुपमा कार्यरत काफ्ले एक हफ्ता देखी परिवार र आफन्त संग सम्पर्क बिहिन भएको छिमेकी उषा दिक्षितले मकै हाउस न्युजलाई जानकारी गराएका हुन् ।

आज, अगस्ट ८,२०२४ बिहिबार काफ्ले हराएको एक हफ्ता पछी नजिकको प्रहरी कार्यालयमा जानकारी गराएपछी आज मनासस पार्क प्रहरी कार्यालयले पनि Missing Adult भनि सुचना जारी गरी खोजि कार्यमा सहयोग पुर्याउन समेत आग्रह गरेको छ ।