Banner

प्रम वली र आरजु देउबाको न्युयोर्कमा रद्ध कार्यक्रमको आयोजकको अपरिपक्व व्यबहार प्रती फिप्नाको असन्तुष्टी

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको उपस्थितिमा २२ सेप्टेम्वर २०२४ मा सम्पन्न हुने भनिएको स्वागत कार्यक्रमका आयोजक समुहको अपरिपक्व ब्यवहार प्रती नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले असन्तुष्ट ब्यक्त गरेका छन् । 

फिप्नाले एक बिज्ञप्ती जारी गरी लेखेका छन् “कार्यक्रम आयोजना गर्नु अगाडि सॅयुक्त बैठकमा फिप्नालाई समेत बोलाई आयोजकको रुपमा रहन आग्रह गरेपछि फिप्नाको केन्द्रिय समितीको बैठकबाट फिप्नाले आदिवासीको एजेण्डाहरूलाई आयोजक भएर नै प्रस्तुत गर्ने र ज्ञापन पत्र पनी बुझाउने भनेर आयोजक बन्ने निर्णयका साथ आयोजक टिममा सहभागि भयौं ।  स्वागत कार्यक्रमको दिनमा न्यूयोर्क भन्दा निकै टाढा न्यूजर्सि , कनेक्टिकट , टेक्सास , क्यालिफोर्निया देखि आउनु भएका आदिवासि जनजाति महासघंका सहभागिहरूले कार्यक्रम हल खचाखच भरिभराउ भएको थियो । तर अन्तिम समयमा टाढा टाढा बाट आउनु भएका सहभागिलाई वास्ताा नगरि प्रबासि नेपाली मंच अमेरिका र नेपाली जनसम्पर्क समिती अमेरिकाका नेता भनाउदाहरूले आयोजक टिमलाई कुनै जानकारी नदिईकन सुरक्षाको कारण देखाएर कार्यक्रम स्थगित भएको जानकारी दिनु भयो । हामिलाई अचम्म लाग्यो । 
यदि कार्यक्रम रद्द नै गर्नुपर्ने भए पनि आयोजक टिम बसेर वास्तबिक छलफल गरेर रद्द हुनु पर्ने थियो तर केटाकेटीले भाडॅाकुटी खेले जस्तो पारामा कार्यक्रम रद्द भनेपछि हामीलाई चित्त बुझेन । किनकी फिप्नाले आफ्ना सदस्यहरूलाई बास्तविक कारण देखाउन पर्ने जबाफदेहिता बोकेको हुन्छ । 

त्यति मात्र नभई नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली समक्ष नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नेपालका आदिवासी जनजातिहरू र अमेरिकामा रहेका समग्र नेपालीहरूको हकहीत र सरोकारका विषयहरूलाई लिएर ज्ञापनपत्र दिने भन्ने बिषयलाई आलटाल गरी भाजो हालेको र अनेक बाहना बाजी गरेर प्रबासि नेपाली मंच अमेरिकाका नेता भनाउदाहरूले प्रधानमन्त्रीलाई भेटन नदिन षडयन्त्र गरि हामी प्रती हेर्ने दृष्टीकोण अव्यवहारीक कुन्ठित ,अहंकार ,आडम्बर किसिमको मनोभावना बोकेर फिप्ना प्रति गरिएका व्यवहार ले हामी दुखित छौ । त्यति मात्र नभई फिप्नालाई हेयभावको हिसाबले बिदाई कार्यक्रमको लागि भने बारम्बार फोन गरेर तपाईहरू सहभागि हुन आउनु भनेर नाटकबाजी समेत गरेकोले हामीले त्यसको कुनै औचित्य नदेखिएको कारणले हामी सहभागि हुन असमर्थ रहयो ! प्रबासि नेपाली मंच अमेरिका ले बिगतका दिनहरूमा अब देखि यस्तो कुचेष्टा नगर्न पनी आग्रह गर्दछौ । फिप्नालाई गरिएको यस्तो ब्यबहार प्रती फिप्ना घोर आपत्ति र भत्सर्ना गर्दछ ।” 

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) परिवार

 

Loading...