
भिआईपी मुभमेन्टको आयोजनामा रिचमण्ड, टेक्ससमा “दशै तिहार कल्चरल शो” हुदै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने
मकै हाउस सामुदायिक मिडिया,
टेक्सस । भिआईपी मुभमेन्टको प्रस्तुतीमा टेक्ससको रिचमन्डमा “दशै तिहार कल्चरल शो” हुने भएको छ ।
आगामी अक्टोबर १९,२०२४ शनिबार दिउसो २ः०० बजेबाट सॅाझको ८ :०० बजे सम्म टेक्सस राज्यको रिचमण्ड स्थित हिमालय कल्चर सेन्टरको हलमा भिआईपी मुभमेन्टको आयोजनामा “दशै तिहार शुभकामना आदान प्रदान- दशै तिहार कल्चरल शो” हुने भएको हो ।

उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारद्वय मिलन अमात्य, खेम सेन्चुरी, अन्जली अधिकारी र राधिका कंडेलले प्रस्तुती दिने छन् स्थानिय कलाकारको पनि प्रस्तुती रहने छ ।
