
गोबिन्द डान्स सेन्टर न्युयोर्कको “देउसी भैलो सॅाझ २०२४” हुदै
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । गोबिन्द डान्स सेन्टर न्युयोर्कको आयोजनामा “देउसी भैलो सॅाझ २०२४” कार्यक्रम हुने भएको हो ।
बरिष्ठ नृत्य निर्देशक जस्ले आफ्नो ३ दशक भन्दा लामो समय चलचित्र र म्युजिक भिडियोमा नृत्य निर्देशकको रुपमा काम गर्दा आफ्नो निर्देशनमा राजेश हमाल देखी पल शाह सम्मको पुस्तालाई नचाईसक्नु भएको छ ।

उहि गोबिन्द राई बिगत केही बर्ष देखि न्युयोर्कलाई कर्मथलो बनाई बसोबास गरिरहनु भएको छ । तर पनि आफ्नो रगत पसिना र नशामा भएको नृत्य बिधाबाट कत्ति पनी टाढा रहन सक्नु भएन । सोहि पेशालाई न्युयोर्कमा रहेर पनि साना नानीबावु देखि हरेक उमेर समुह र समुदायलाई नृत्य प्रशिक्षण गराउदै आउनुभएको छ गोबिन्द डान्स सेन्टरको माध्ययमबाट ।

सोही गोबिन्द डान्स सेन्टरको आयोजनामा आगामी अक्टोबर १८,२०२४ शुक्रबार सॅाझ न्युयोर्कको क्विन्स स्थित गुल्सन टेरेसको हलमा सॅाझ ७ः०० बजे बाट सुरुभई मध्यरात सम्म “देउसी भैलौ सॅाझ २०२४” को आयोजना हुदैछ ।
कार्यक्रम प्रशिक्षित साना कलाकार र अन्य ख्याती प्राप्त कलाकारले पनि आफ्नो प्रस्तुती दिने भएको छ ।