Banner

याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम न्युयोर्कमा मनाईदै

 

मकै हाउस सामुदायिक मिडिया, 

न्यूयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) न्युयोर्कमा मनाउने भएको छ ।

आगामी अक्टोबर २६, शनिबार सॅाझ ७ः०० बजे बाट मध्यरात सम्म न्युयोर्कको क्विन्स स्थित गुल्सन टेरेसको हलमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) भब्य रुपमा मनाउने भएको हो ।

चुम्लुङ अमेरिकाले प्रत्येक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै बलिहाङ तङनाम मनाउँदै आएको विगतका वर्षहरु झै यस वर्ष पनि याक्थुङ लिम्बु जातिको संस्कार, संस्कृति, भेषभुषा प्रदर्शनीका साथै भावि पुस्तालाई लिम्बू संस्कार संस्कृतिको पुस्तान्तरणमा विशेष सघाउ पुग्ने अपेक्षा सहित कार्यक्रमको आयोजना गर्न लागिएको चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले बताउनु भएको हो । 

अमेरिकामा रहेका सम्पूर्ण लिम्बु समुदायलाई कार्यक्रममा उपस्थितीको लागी आह्वान गर्दै कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुतिको साथै लारिङ्गेत्, यालाङ, केलाङ् तथा बालबालिकाहरुको लिम्बु भेषभुषा प्रदर्शनी र अन्त्यमा डिजे प्रस्तुती रहने चुम्लुङ अमेरिकाका संस्कार संस्कृति संयोजक कूबेर वनेमले बताए ।

 

 

Loading...