Banner

सान् फ्रान्सिस्कोमा नेपाली सामुदायिक भवनलाई बैना, समुदायसँग सहयोग आह्वान

 

मकै हाउस सामुदायिक मिडिया, 

सान् फ्रान्सिस्कको, (क्यालिफोर्निया) अमेरिका अगष्ट , २०२४ । अमेरिकाकै प्रख्यात शहर सान् फ्रान्सिस्कको क्षेत्रमा नेपाली सामुदायिक केन्द्रको  भवन खरिद हुने भएको

अमेरिकाकै नेपालीहरुको पुरानो संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले राखेको खरिदअफर स्वीकृत भएपछी भवन किन्ने बाटो खुलेको हो

हजारौं नेपालीको बसोबास रहेको सो क्षेत्रमा सामुदायिक केन्द्रको वर्षौं देखिको सपना बल्ल पुरा हुने भएको नेपालीहरुको बढी जनघनत्व रहेको रिचमण्ड शहरको हलसहितको एक ठुलो भवन धनीले नान्सलाई बिक्रिगर्न सहमत भएको जसका लागि ६० हजार अमेरिकी डलर दिएर बैना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिएका छन्

करिव १० हजार सय वर्ग फिटको भवन सुविधा सम्पन्न मुख्य सभाकक्ष५सय २८ जना क्षमताको   सय सिटको क्याफ्टेरिया, वटा अफिसकोठा छन् भान्सा तथा अन्य साना स्टोर कोठाहरु शौचालय छन् ५४हजार वर्गफिटको पार्किङ लटमा १सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन्

सो भवन २१ लाख ७० हजार अमेरिकी डलर मुल्य तय गरेर  बिक्रीमाराखिएको थियो तर नान्सले बिक्री प्रतिनिधिसँगको पटकपटक वार्ता गरि१८ लाख ६० हजारमा खरिद गर्ने नान्सको प्रस्ताबमा बिक्रेता सहमत भएकोमहासचिव यज्ञ नेपालले बताए योसँगै अब महिनाभित्र करिव २० प्रतिशतसुरु भुक्तानी (डाउन पेमेन्ट) रकम बुझाएपछि भवनको स्वामित्व हस्तान्तरणहुनेछ यसका लागि करिव लाख डलर नगद आवश्यक पर्छ

नान्सका अध्यक्ष कार्की बे एरियामा बस्ने नेपालीले वर्षौदेखि देखेकोसाझा सपना पुरा गर्न एकजुट हुनुपर्ने समय आएको बताउँदै सहयोगका लागिसबै समुदायलाई आव्हान गरेका छन् डाउन पेमेन्टको रकम संकलन, ऋणलिएर भवन पास गर्ने मोर्गेज रकम व्यवस्थापनका निम्ति सबै मिलेर कामगर्नुछ कार्कीले भने, ‘सिंगो समुदाय एकजुट हुँदा यो सबै चुनौती सहजै पारलाग्छ भन्ने विश्वास

यही सातादेखि विशेष अभियान लिएर यो क्षेत्रका सबै नेपालीसमुदायको टोलटोलमा पुगेर रकम संकलन गरिने योजना रहेको कार्कीलेबताए  

चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक साँस्कृतिक कार्यक्रम गर्नसामुदायिक केन्द्रको आवश्यकता परेको अगुवाहरुको भनाई सन् २००६मा निर्माण भएको नयाँ चिटिक्क परेको कुनैपनि मर्मत सम्भार बिना किनेको भोलिपल्टैदेखि कार्यालय सञ्चालन तथा अन्य गतिबिधि गर्न सकिने अवस्थाको  

Loading...