Banner

भारत माथी शानदार जित निकाल्दै नेपाल साफको फाईनलमा प्रबेश

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । काठमाण्डौमा जारी महिला साफ़ फुटबलको सेमिफ़ाइनलमा भारतलाई हराउदै फाईनलमा प्रवेश गरेको छ । 

आज अक्टोबर २७,२०२४ काठमाण्डौमा जारी सातौ महिला साफ़ प्रतियोगिताको सेमिफ़ाइनल खेलमा भारत माथि शानदार जित निकाल्दै नेपाल सातौ महिला फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । 

खेलको दोस्रो हाल्फमा रेखा पौडेलले दोस्रो पहेलो कार्ड खादै मैदान बाहिरिएपछी खेलमा नेपाललाई दबाव थपिएको थियो । रेखाले मैदान छाडेको केहि मिनेटमा नै भारतले उत्कृष्ट गोल गर्दै खेलमा भारतलाई १-० को अग्रता दिलाएका थिईन् । तर गोल गरे लगत्तै भारतिय टोली बिजय उत्सव मनाउने क्रम लम्बिएपछि मुख्य रेफ्रिले खेल संचालनको अनुमति दिएको १० सेकेण्डमा नेपालले प्रिती राईको उत्कृष्ट गोलमा बराबरी गरे लगत्तै मुख्य रेफ्रिले गोल मान्य नगरे पछि खेलमा १ घण्टा ३० मिनेट जति बिवादपुर्ण हुदै खेल रोकिएको थियो । 

रेफ्रिको गलत निर्णय एक पक्षीय निर्णयको बिवाद समाप्ति पश्चात १-० को अग्रतालाई स्विकार गर्दै नेपाली टोलीले खेल सुरुवात गरेपछि खेलमा नेपालले प्रिती राईको उत्कृष्ट पासको सदुपयोग गर्दै साबित्रा भण्डारीले उत्कृष्ट गोल गरेपछि खेलमा टोलिलाई १-१ को बराबरीमा ल्याएका थिए । 

खेलमा रेफ्रिको एक पक्षिय निर्णय र नेपाल टोली १० खेलाडीमा सिमित रहदा पनि खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलिलाई बराबरीमा ल्याउदै दोस्रो हाल्फको खेल समाप्त गर्दै पेनाल्टी शुटआउटमा ल्याएका थिए । 

दोस्रो हाल्फको अन्तिम समयमा दुबै टोलिको तर्फबाट गोल रक्षक परिबर्तन गरेका थिए । अन्जिला तुम्हाम्फेलाई परिबर्तन गर्दै अन्जना राना मगर मैदान प्रवेश गरेकि थिईन् । 

पेनाल्टि शुटआउटमा भारतले प्रहार गरेको पहिलो बलनै दाहिने खम्बामा लागेर बाहिरिएपछि खेलमा नेपालले जिताने सम्भावनामा आस पलाएको थियो । नेपालको तर्फबाट साबित्रा भण्डारीले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाउदा नेपाली गोलरक्षकले भारतको चौथो प्रहार रोकेको थियो । एस्तोमा नेपालले निरन्नतर ४ मा ४ बल नै जालि चुमाउदा ४-२ को शानदार जित निकाल्दै सातौ महिला फुटबल साफ प्रतियोगिताको फाईनलमा स्थान पक्का गरेको हो । 

अब फाईनलमा प्रतिष्पर्धाको लागी भोलि हुने सेमिफ़ाइनलको दोस्रो खेल बंगलादेश र भुटान बिचको बिजयी टोलिलाई पर्खनु पर्ने हुन्छ । 

 

Loading...