Banner

नेपाललाई फाईनलमा हराउदै बंगलादेश निरन्तर दोस्रो पटक महिला साफ च्याम्पियनशिप बिजेता

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । भर्खरै सम्पन्न सातौ महिला साफ च्याम्पियनशिपमा नेपाललाई हराउदै निरन्तर दोस्रो पटक  बंगलादेश साफ च्याम्पियनशिपको बिजेता बनेका छन् । 

नेपालको दशरथ रंगाशालामा सम्पन्न भएको सातौ महिला साफ च्याम्पियनशिपको उपाधी बंगलादेशले उचालेको छ । खेलको दोस्रो हाल्फमा ५२ औ मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता लिएता पनि खेलको ५६ औ मिनेटमा प्रिती राईले दिएको पासलाई मनिसा कार्कीले उत्कृष्ट गोल गर्दै खेलमा टोलीलाई बराबरीको स्थितीमा ल्याएको थियो । 

खेलको सुरुवाती देखि नै आक्रामकरुपमा खेलिरहेको बंगलादेश टोलीले दोस्रो हाल्फको ८२ औ मिनेटमा गोल गर्दै खेलमा निर्णायक गोल गर्दै सातौ महिला साफ च्याम्पियनशिपको उपाधी उचालेको हो । 

बंगलादेशले यस् सिजन र २०२२ को छैठौ सिजन गरी निरन्तर दोस्रो पटक महिला साफ च्याम्पियनशिपको उपाधी उचालेको हो । २०२२ को छैठौ साफमा पनि नेपाललाई १-३ गोलको अन्तरले हराउदै पहिलो पटक बंगलादेशले महिला साफ च्याम्पियनशिपको उपाधी उचालेको 

 

Loading...