
जिपिके फाउण्डेशन अमेरिकाद्वारा कान्तिपुर टिभी एंव रेडियो कान्तिपुरका सिईओ शिशिर पछाई संग भेटघाट कार्यक्रम सम्पन्न
मकै हाउस सामुदायिक मिडिया, जिपिके फाउण्डेशन
न्युयोर्क । गत नोभेम्बर २, २०२४ का सॅाझ ६:०० बजे गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको कार्यालयमा कान्तिपुर टिभी एंव रेडियो कान्तिपुरका सिईओ शिशिर पछाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले खादा लगाई स्वागत गरेका छन् । साथै पछाई सॅंगको भेटघाटमा समसामयिक विषयहरुमा समेत छलफल भएको थियो।

उक्त भेटघाट एंव स्वागत कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष शुवर्ण लामा, डिजिटल ब्रिजेज्स फर नेपालका सहायक बोर्ड निर्देशक निक स्टेबेन, सारीको अन्तर्राष्ट्रिय संग्रहालयकी निर्देशक अश्वीनी पर्साउद, टाईम फर चेन्ज चाईनिज म्यागजिनकी उपाध्यक्ष जि सिसी, १८औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर दिनेस सुनार पार्कर, ने.का. युवा नेता श्री राम खतिवडा लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको शुरूवात गर्दै अध्यक्ष घिमीरेले आफ्नाो टीमका सदस्यहरूको परीचय गराई फाउन्डेशनमा स्वागत गर्नुको उद्देश्यबारे प्रष्ट पारेका थिए । फाउन्डेशनले विशुद्ध सामाजिक गतिविधी गर्दै आएको र स्थापनादेखी कोरोनाकहरको डरलाग्दो अवस्थादेखी हालसम्म गर्दै आएका सामाजिक गतिविधिवारे जानकारी गराएका थिए ।

जिपी कोईराला फाउन्डेशन अमेरीकाको न्यानो आतिथ्यका साथै छोटो मिठो भेटघाटमा केही समसामयीक विषयमा महत्वपुर्ण छलफलका साथै विचार आदान-प्रदान गर्ने अवसर प्रदान गरेकोमा शिशिर पछाईले फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे र उपस्थित सबैलाई हार्दिक आभार प्रकट गरेका थिए ।

सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले नेपाल अमेरिकाबीच आपसी सहयोग र सम्बन्ध प्रगाढ रहेको बताउँदै आगामी दिनहरूमा अझ सुमधुर रहोस भन्ने चाहना रहेको समेत ब्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद प्रकट गरेका थिए ।