Banner

नेपाल आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना)को देउसी भैलो कार्यक्रम र्याफलका साथ सम्पन्न

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । स्थापनाकालदेखि नै प्रत्येक बर्ष फिवनाले नेपालीहरूको महान् चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आएकाछन् भने गतबर्षदेखि सोही अवसरमा र्याफलकोपनि आयोजना गर्दै आएको हो । दुइ चरणमा बिभाजित उक्त कार्यक्रममा प्रथम चरण औपचारिक देउसी भैलो रहेको थियो भने दोस्रो चरणमा नाचगान र र्याफलको कार्यक्रम रहेको थियो ।

औपचारिक कार्यक्रमको चरणमा उपस्थितहरूको प्रतिनिधित्व गर्दै शुभकामना मन्तब्यको क्रममा सामाजिक अभियान्ता तथा युनाइटेड किराँत राई अर्गनाइजेसनका उपाध्यक्ष केशबराम राइले फिवनाले अमेरिकाको स्थानीय सरकारहरूसॅग पनि सहकार्य र सम्बन्धलाई मजबुद बनाउॅदै शसक्तरूपमा अघि बढ्नुपर्ने सुझाब दिए । फिवनाको स्थापनाकालदेखिको इतिहास सम्झॅदै उनले भने “ हिजो दुइतिन जना दिदीबहिनीले सुरू गरेको सॅस्था फिवनाले यतिधेरै रचनात्मक कामहरू गर्दै आएकोमा गर्ब लागेको छ, यद्धपि अझैपनि नेपाली महिलाहरूलाई शसक्त गर्नुपर्ने बिभिन्न कार्यक्रमहरू रहेका छन्, जस्तै अमेरिकन राजनितिमा पनि महिलाहरू अब तयार हुनुपर्छ र त्यसका लागि शसक्तिकरणको काम फिवनाले गर्नकोलागि मेरो सुझाब छ “।

महासचिब इन्दु लामाछानेले सॅचालन गरेको उक्त कार्यक्रममा सॅस्थाकी सदस्य सरस्वति तामाङले कार्यक्रममा उपस्थित बिभिन्न सॅघसॅस्थाका प्रतिनिधीहरूलाई लगायत सम्पूर्ण उपस्थितलाई स्वागग गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि सबैभन्दा पाको उमेर रहेकी आमा पृथ्बीलक्ष्मी राइ रहेकी थिइन् । औपचारिक कार्यक्रमको अन्त्य गर्दै सम्पूर्णलाई धन्यबाद दिने क्रममा अध्यक्ष इन्दिरा चोङबाङले कार्यक्रमको औचित्यमाथि प्रकास पारिन् र फिवनाले चाहेर पनि महिला भएकै कारण बिभिन्न चुनौतिहरू सामाना गर्नुपरेकोले अन्य बिबिध गतिबिधिहरू कमीरहेको जावकारी पनि दिइन् । मन्तब्यकै क्रममा अध्यक्ष चोङबाङले बिभिन्न शुभचिन्तकहरूबाट प्राप्त भएको दक्षिणा रकम लगायत बिभिन्न माध्यमबाट सॅस्थाले संकलन गरेका रकमहरू सामुहिक सॅस्थाको हितमा र महिलाहरूको आपतकालिन समय लगायत मातृभूमि नेपालमापनि बिभिन्न समयमा सहयोग गर्दै आएको अवगत गराइन् ।

औपचारिक कार्यक्रमको अन्तपछि मातृभूमिको सम्झना ताजा गराउने परम्परागत शैलिमा देउसीभैलिसॅगै नाचगान भएको थियो । कार्यक्रमको अन्तिम आकर्षककारूपमा रहेको र्याफ्लमा प्रथम पुरस्कार iPhone 16 सामाजिक अभियान्ता केशबराम राइलाई परेको थियो भने उनले उक्त पुरस्कार प्रमुख अतिथि पृथ्बी लक्ष्मी राइलाई उपहारस्वरूप हस्तान्तरण गरे । अन्य पुरस्कारहरूमा दोस्रो पुरस्कार नगद २ सय डलर र तेस्रो पुरस्कार चार जनालाई पचास पचास डलर नगद रहेको थियो ।

Loading...