
नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एशोशिएसनको औपचारिक उद्घाटन कार्यक्रम हुने भएको छ ।
मकै हाउस मिडिया,
न्यूयोर्क। बिभिन्न प्रहरी,आर्मी र आगो नियन्त्रण बिभागसंग जोडिएका र बिभिन्न प्रशासन संग जोडिएर काम गरिरहेका युवा समुहद्वारा संगठित संस्था नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एशोशिएसनको औपचारिक उद्घाटन कार्यक्रम हुने भएको छ ।

आगामी नोभेम्बर २३,२०२४ शनिबारका दिन न्यूयोर्कको क्विन्स स्थित गुल्सन टेरेशको हलमा बिहान ११ः३० बजे नेपाली समुदायका सदस्यहरुलाई ल इन्फोर्समेन्ट पेशामा संलग्न रहेका व्यक्तिहरुलाई एकै ठाउँमा जोड्ने र नेपाली अमेरिकनहरुलाई यो पेशामा आवद्द गराउन मद्दत गर्ने उद्देश्यले स्थापना गरिएको यस् एशोशिएसनको औपचारिक उद्घाटन कार्यक्रम हुने भएको हो ।
एशोशिएसनले नेपाली अमेरिकनहरुलाई ल इन्फोर्समेन्ट पेशामा आवद्ध हुन प्रोत्साहन गर्ने तथा नेपाली अमेरिकन समुदायसँग सम्बन्ध विस्तार गरी सामाजिक कार्यमा आवश्यक सहयोग गर्ने उदेश्य सहित स्थापना हुन लागेको हो यस् सस्था ।
संस्थाको संस्थापक अध्यक्षमा सोनाम घिसिङ, उपाध्यक्षमा शम्सेर खत्री, महासचिवमा रञ्जित गौली, सहसचिवमा लोब्साङ फुन्त्सोक, कोषाध्यक्षमा हेमो ओझा, सार्जन्ट एट आम्र्समा दिल प्रसाद थापा रहेका छन्। भने त्यस्तै कार्यसमिति सदस्यहरुमा सञ्जिप लम्बु, विजय राई, विवेक थापा रहेका छन्।

५०१ सी (३) अन्तर्गत दर्ता गरिएको यस्सं स्थाले ल इन्फोर्समेन्ट एजेन्सी र नेपाली अमेरिकन समुदायबीच सम्बन्ध बिस्तार गरेर पुलको काम गर्ने उद्देश्य राखेको छ। साथै जनचेतना मार्फत सार्वजनिक सुरक्षा पेशागत अवसरको बारेमा पनि जानकारी दिने आयोजकले जनाएको छ। हाल संस्थामा १ सय जना सदस्यहरु आवद्द छन् भने ४ हजार सपोर्टरहरु जोडिएको एशोशिएसनले जनाएको छ ।